आइतबार, साउन ३१, २०८३

भरतपुरमा एमालेबाट प्रदेश सांसद सुवेदी मेयरको उम्मेदवार बन्दै

आशन्न स्थानीय निर्वाचनमा नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकाको मेयरका लागि विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ।
 |  आइतबार, चैत २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २७, २०७८

काठमाडौं– आशन्न स्थानीय निर्वाचनमा नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकाको मेयरका लागि विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ।

२०७४ सालको निर्वाचनमा पराजित उम्मेदवार देवी ज्ञवालीको प्रस्तावमा सुवेदीको नाम टुंगो लागेको हो। ज्ञवाली चितवन एमालेका इन्चार्ज हुन्।

संघीय सांसद कृष्णभक्त पोखरेल सुवेदीका समर्थक रहने तय भएको बताइएको छ। सुवेदी बागमती प्रदेशका सांसद पनि हुन्। उनले चितवन क्षेत्र नम्बर २ (ख) बाट चुनाव जितेका थिए। अष्टलक्ष्मी शाक्य छोटो समय प्रदेशको मुख्यमन्त्री हुँदा उनी सामाजिक विकास मन्त्री बनेका थिए।

यसअघिको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको समर्थनमा नेकपा माओवादीकी रेणु दाहालले मेयर जितेकी थिइन्। उनी २०३ मत अन्तरले विजयी भएकी थिइन्। दाहालले ४३ हजार १२७ मत प्राप्त गरेकोमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवी ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए।


प्रकाशित: Apr 10, 2022| 17:11 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...