आइतबार, साउन ३१, २०८३

उम्मेदवार सिफारिस गर्दा पैसा नलिन कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गर्दा कुनै पनि प्रकारको रकम माग नगर्न निर्देशन दिएको छ। आइतबार पार्टीका तल्ला निकायलाई पत्राचार गर्दै कांग्रेस केन्द्रीय कार्यालयले यस्तो निर्देशन जारी गरेको हो।
 |  आइतबार, चैत २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २७, २०७८

काठमाडौं- नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गर्दा कुनै पनि प्रकारको रकम माग नगर्न निर्देशन दिएको छ। आइतबार पार्टीका तल्ला निकायलाई पत्राचार गर्दै कांग्रेस केन्द्रीय कार्यालयले यस्तो निर्देशन जारी गरेको हो। 

'उम्मेदवार सिफारिस गर्दा कुनै पनि तहको कार्यसमितिले अन्य (विधानमा व्यवस्था गरिएको बाहेक) कुनै पनि प्रकारको रकम माग गर्नु उठाउनु विधान विपरीत हुने भएकोले त्यस्तो कार्य नगर्न/नगराउनु हुन समेत निर्देशानुसार अनुरोध गरिन्छ,' पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीका तल्ला तहलाई पठाएको पत्रमा उल्लेख छ। 

यद्यपि लेबीलगायत विधान अनुकुलका रकम संकलन गर्नका लागि भने यो निर्देशनले कुनै बाधा नगर्ने कांग्रेस केन्द्रीय कार्यालयको भनाइ छ। विधान अनुसारको  रकम बाँकी भए तत्काल उठाउन समेत कांग्रेसले निर्देशन जारी गरेको  छ।  

'विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियमावली बमोजिम सम्बन्धित पार्टी निकायले लिनु पर्ने सदस्यता शुल्क तथा सहयोग रकम (लेवी) लिन उठाउन बाँकी भए त्यस्तो रकम तत्काल उठाउनु हुन जानकारी गराइन्छ,' पत्रमा उल्लेख छ। 

प्रकाशित: Apr 10, 2022| 16:17 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...