आइतबार, साउन ३१, २०८३

गभर्नर निलम्बनबारे एमालेले धारणा सार्वजनिक गर्ने

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ।
 |  आइतबार, चैत २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २७, २०७८

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ। एमालेले आइतबार आधिकारिक धारणा सार्वजनिक गर्ने भएको हो। 

देशको अर्थतन्त्र जोगाउन प्रयासरत गभर्नर अधिकारीलाई हटाइएको भन्दै विरोधमा रहेको एमालेले दिउँसो साढे १२ पत्रकार सम्मेलन गरी पार्टीको धारणा सार्वजनिक गर्न लागेको जनाएको छ। 

केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले मुलुकको आर्थिक अवस्थाका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न कुपण्डोलस्थित होटेल हिमालयमा पत्रकार सम्मेलन राखिएको जानकारी दिए।

प्रकाशित: Apr 10, 2022| 09:15 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...