आइतबार, साउन ३१, २०८३

एमालेबाट कालिञ्चोक गाउँपालिका अध्यक्षमा आठ जनाको दाबी

दोलखाको कालिञ्चोक गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट आठ जनाले दाबी प्रस्तुत गरेका छन्।
 |  आइतबार, चैत २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २७, २०७८

चरिकोट- दोलखाको कालिञ्चोक गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट आठ जनाले दाबी प्रस्तुत गरेका छन्। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उनीहरूले आफूलाई गाउँपालिकाको अध्यक्षको दाबेदारको रूपमा प्रस्तुत गरेका हुन्। 

उम्मेदवारको विषयमा छलफल गर्न शनिबार बसेको गाउँपालिका संगठन कमिटीको बैठकमा उनीहरूले आफ्नो धारणासहित पार्टीको तर्फबाट अध्यक्षमा दाबी प्रस्तुत गरेका थिए। अध्यक्षमा दाबी गर्नेहरूमा रोहितचन्द्र खड्का, बिनकुमार थामी, गणेश शिवाकोटी, लक्ष्मण थामी, हरि ओली, चेतबहादुर खड्का, निशान बुढाथोकी र अर्जुन बुढाथोकी रहेका छन्। उनीहरूमध्ये ६ जना जिल्ला कमिटी सदस्यको जिम्मेवारी छन्। 

एमाले कालिञ्चोक गाउँपालिका कमिटीका अध्यक्ष ईश्वरी दाहालले गाउँपालिका अध्यक्षको लागि बैठकमा आठ जनाको दाबी प्रस्तुत भएको र त्यसलाई माथिल्लो निकायमा पठाइने जानकारी दिए। 

यसैबीच एमालेबाट कालिञ्चोक गाउँपालिकाको उपाध्यक्षको लागि पनि आठ जनाले दाबी गरेका छन्। सविना पाण्डे, लक्ष्मी शिवाकोटी, रमा शिवाकोटी, कविता थामी, सुजता शिवाकोटी, सुमित्रा शंकर, छलिमाया थामी र राधा ओलीले उपाध्यक्षमा आकांक्षा राखेका हुन्। 

एमालेको अन्तरपार्टी निर्देशिका अनुसार नगरपालिका र गाउँपालिकाको प्रमुख र उपप्रमुखबारे टिकटको निर्णय गर्ने अधिकार पार्टीको प्रदेश कमिटीलाई दिइएको छ।

प्रकाशित: Apr 10, 2022| 07:43 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...