बिहीबार, चैत १२, २०८२

नयाँ क्लब र सिजनको तयारीमा रोनाल्डो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- युभेन्ट्ससँग औपचारिक सम्झौता गरेपछि क्रिस्टियानो रोनाल्डो नयाँ सिजनको तयारीका जुट्ने लक्ष्यसहित टुरिन पुगेका छन्। नयाँ टोलीका केहि साथीसँग भेटेका रोनाल्डो अब प्रशिक्षणमा जुट्ने बताइएको छ। 

रियल मड्रिडबाट १ सय मिलियन पाउन्डमा युभेन्ट्ससँग आबद्ध भएका रोनाल्डोले प्रशिक्षणमा सामेल हुनुअघि शरीरिक परिक्षण गराएका छन्। रियलका पूर्व स्टार आइतबार परिवारका साथ टुरिन पुगेका थिए। 

रसिया विश्व कपपछि रोनाल्डो विदामा थिए। रोनाल्डो परिवारका साथ व्यक्तिगत जहाजमा एयरपोर्टमा उत्रिदा उनलाई स्वागत गर्न केहि युभेन्ट्स फ्यान पुगेका थिए। उनले टोलीका अन्य थुप्रै खेलाडीसँग भेट्न भने बाँकी रहेको छ। मासिमिलियानो अलिग्रीको टोली प्रि सिजन तयारीका लागि अहिले अमेरिका भ्रमणमा छ। यद्दपी उनले टोलीका स्ट्राइकर गोन्जालु हिगुइनसँग भेटेका थिए। 

सन् २०१३ मा नेपोली जानुअघि हिगुइन रोनाल्डोसँगै रियलमा थिए। दुई वर्षअघि युभेन्ट्सले ७५.३ मिलियन पाउन्डमा हिगुइनले नेपोलीबाट युभेन्ट्स पुगेका थिए । यद्दपी अहिले उनी प्रिमियर लिग चेल्सी जाने चर्चा चलिरहेको छ। 



रानाल्डोले टोलीका अर्का खेलाडी अर्जेन्टिनाका पाउलो डेबालासँग पनि भेटेका छन। युभेन्ट्सले शनिबार रोनाल्डोको पूर्व टोली रियलसँग इन्टरनेसन च्याम्प्यिन्स कपमा प्रतिस्पर्धा गर्दैछ। तर, रोनाल्डो त्यसमा खेल्ने सम्भावना कम छ। 

रोनाल्डोले अगस्ट १९ मा इटालियन सिरि एमा किइभोविरुद्ध हुने पहिलो खेलमा डेब्यू गर्ने सम्भावना छ। विश्वकपमा अन्तिम १६ मा उरुग्वेसँग पराजित भए यता रोनाल्डोले परिवार र साथीहरुका साथ ग्रिसमा विदा मनाएका थिए। 

त्यसपछि उनी नाइक र सिआर ७ को प्रबद्र्धनका लागि चीन पुगेका थिए। अब नयाँ सिजनको उत्कृष्ट सुरुवातका लागि पाँच पटकका बालोन डी ओरका विजेता जुटेका छन।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।