आइतबार, साउन ३१, २०८३

रुपन्देहीमा १ लाख ९ हजार बढे मतदाता

हाल जिल्लामा ६ लाख ३२ हजार ३ सय ६० मतदाता संख्या रहेको छ। ३ लाख २३ हजार ७७८ जना पुरुष र ३ लाख ८ हजार ५७४ जना महिला रहेको कार्यालय प्रमुख अयोध्या भण्डारीले जानकारी दिए। २०७४ सालको निर्वाचनमा ५ लाख २२ हजार ६०२ मतदाता थिए।
 |  शनिबार, चैत २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत २६, २०७८

बुटवल- १६ वटा स्थानीय तह रहेको रुपन्देहीमा एक लाखभन्दा बढी मतदाता वृद्धि भएका छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा भन्दा यो पटक रुपन्देहीमा १ लाख ९ हजार ७५८ मतदाता वृद्धि भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ। 

हाल जिल्लामा ६ लाख ३२ हजार ३ सय ६० मतदाता संख्या रहेको छ। ३ लाख २३ हजार ७७८ जना पुरुष र ३ लाख ८ हजार ५७४ जना महिला रहेको कार्यालय प्रमुख अयोध्या भण्डारीले जानकारी दिए। २०७४ सालको निर्वाचनमा ५ लाख २२ हजार ६०२ मतदाता थिए। 

स्थानीय तहको निर्वाचनमा ठूलो मतदाता संख्या वृद्धि भएकाले निर्वाचन परिणाममा ठूलो फेरबदल ल्याउने आँकलन गरिएको छ। निर्वाचन आयोगले निकालेको अन्तिम मतादाता विवरण अनुसार उम्मेदवार छनौट र भावी नजिताबारे विश्लेषण शुरु भएको छ। केन्द्रीय तहमा जस्तै रुपन्देहीमा पनि ५ दलीय गठबन्धन कायम हुने भएपछि कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चा छलफलमा जुटेका छन्।

राजनीतिक हिसाबले महत्वपूर्ण मानिने बुटवलमा उपमहानगर पालिकामा ९० हजार ६५ जना मतदाता छन्। २०७४ सालको निर्वाचनमा भन्दा १३ हजार ३ सय ४५ मतदाता वृद्धि भएका हुन्। अघिल्लो निर्वाचनमा बुटवलमा ७६ हजार ७ सय २० जना मतदाता थिए।

त्यसैगरी ५ नगरपालिकामध्ये सबैभन्दा धेरै तिलोत्तमा नगरपालिकामा ८५ हजार ७४७ र सबैभन्दा कम लुम्बिनी सांस्कृतिक नगरपालिकामा ४३ हजार ८९० जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ। त्यसैगरी सिद्धार्थनगर नगरपालिकाः ४४ हजार ६५२, सियारी गाउँपालिका २७ हजार ७५, सैनामैना नगरपालिकामा ५१ हजार २२ जना र देवदह नगरपालिका ४८ हजार २९१ जना रहेका छन्।

१० गाउँपालिकामध्ये सबैभन्दा बढी गैडहवा गाउँपालिकामा मतदाता छन्। गैडहवामा ३० हजार ३५१, ओमसतिया गाउँपालिकामा  २३ हजार ९२९, कंचन गाउँपालिका २८ हजार ९७८ मतदाता छन्। 

त्यसैगरि कोटहीमाई गाउँपालिका २६ हजार २४२, मर्चवारी गाउँपालिकाः २२ हजार ७४७, मायादेवी गाउँपालिका ३० हजार ४६४, रोहिणी गाउँपालिका २६ हजार ९६९, शुद्धोधन गाउँपालिका २७ हजार ५७८, सम्मरीमाई गाउँपालिका २३ हजार ६८२ मतदाता छन्। मतदाता संख्या पनि वृद्धि भएकाले रुपन्देहीमा यो पटक मतदान केन्द्र पनि थप भएको निर्वाचन प्रमुख भण्डारीले बताए।

अघिल्लो पटकको निर्वाचनको तुलनामा रुपन्देहीमा अहिले ९० वटा मतदान केन्द्र थपिएका छन्। अहिले मतदान केन्द्र ७ सय राखिने भएको छ। अघिल्लो पटकको निर्वाचनमा २०८ वटा मतदान स्थल र ६१० मतदान केन्द्र रहेका थिए। यो पटक मतदान स्थल भने थपिएको छैन।

निर्वाचन आयोगले रुपन्देहीको मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश धनसिंह महरा र १६ वटै स्थानीय तहको मुख्य निर्वाचन अधिकृत तोकेको छ।  निर्वाचन संघारमै आइसक्दा पनि जिल्ला निर्वाचन कार्यालयले भने मतदाता शिक्षालाई अगाडि बढाउन सकेको छैन। राजनीतिक दलहरु पनि गालीगलौजमा मात्रै सिमिति हुँदा मतदाता शिक्षा ओझेलमा परेको हो।

आगामी वैशाख ३० गते देशभर एकसाथ स्थानीय तहको निर्वाचन हुने घोषणा गरिएको छ। 

प्रकाशित: Apr 09, 2022| 21:30 शनिबार, चैत २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...