आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • हाम्रो पार्टीमा आकर्षण बढेको छ, प्रवेशको लहर चलेको छ : माधवकुमार नेपाल

हाम्रो पार्टीमा आकर्षण बढेको छ, प्रवेशको लहर चलेको छ : माधवकुमार नेपाल

‘हाम्रो पार्टीमा युवाहरूको आकर्षण बढेको छ। पार्टी प्रवेशको लहर चलेको छ,' उनले भने। एकीकृत समाजवादी पार्टी कम्युनिस्ट आन्दोलनको उत्तराधिकारी भएकोसमेत उनको दाबी थियो।
 |  शनिबार, चैत २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत २६, २०७८

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जनतामा आफ्नो पार्टीको आकर्षण बढेको दाबी गरेका छन्। राजधानीमा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै नेपालले यस्तो दाबी गरेका हुन्। 

‘हाम्रो पार्टीमा युवाहरूको आकर्षण बढेको छ। पार्टी प्रवेशको लहर चलेको छ,' उनले भने। एकीकृत समाजवादी पार्टी कम्युनिस्ट आन्दोलनको उत्तराधिकारी भएकोसमेत उनको दाबी थियो। 

कम्युनिस्ट आन्दोलनलाई जोगाउने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको बताएका नेपालले एमाले दक्षिणपन्थी अवसरवादी भएको र कम्युनिस्ट आन्दोलनबाट विचलित भएको समेत उल्लेख गरे। 

'एमाले पार्टीको रूपमा पनि रहेन। सानो गुटमा सीमित हुन पुगेको छ। व्यक्तिको वर्चस्वमा चलिरहेको समूह हुन पुगेको छ,’ एमाले प्रति उनको टिप्पणी थियो।

कार्यक्रममा पार्टीका नेता झलनाथ खनालले अवसर पाएर केपी शर्मा ओलीको निवर्तमान सरकारले फुटेको कौडीको पनि काम नगरेको आरोप लगाएका थिए। ‘हामी भूमिसुधार, कृषि क्रान्तिदेखि विभिन्न क्रान्ति गर्न सक्थ्यौँ। तर ४२ महिनासम्म नेकपा एमालेको गुटको नायक खड्ग प्रसाद ओलीले फुटेको कौडीको पनि काम गर्न सकेनन्,’ उनले भने।

प्रकाशित: Apr 09, 2022| 19:56 शनिबार, चैत २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...