बिहीबार, चैत १२, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • डिस्को जाने फुटबलर विमलसहित पाँच खेलाडीलाई एन्फाको स्पष्टिकरण 

डिस्को जाने फुटबलर विमलसहित पाँच खेलाडीलाई एन्फाको स्पष्टिकरण 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं–अखिल नेपाल फुटबल संघ (एन्फा)ले आसन्न 'एसियाड गेम्स' र 'साफ च्याम्पियसिप'को बन्द प्रशिक्षणमा रहेका पाँच खेलाडीलाई ७२ घण्टे स्पष्टिकरण सोधेको छ । 

शुक्रबार राति डिस्को गएर मादक पदार्थ सेवन गरी हो-हल्ला गरेको भन्ने समाचार सार्वजनिक भएपछि नेपाली फुटबल टोलीका स्टाइकर विमल घर्तीमगर, अन्जन विष्ट, विशाल राई, हेमन्त थापामगर र छिरिङ शेर्पालाई स्पष्टिकरण सोधेको हो । 

एन्फाले टोलीका प्रशिक्षक, होस्टल वार्डेन र सेक्युरिटी कम्पनीसँग पनि स्पष्टिकरण मागेको छ । 

एन्फा अध्यक्ष कर्मा छिरिङ र अन्य पदाधिकारीले पाँच खेलाडीसँग मौखिक स्पिष्टिकरण लिएपछि लिखित स्पिष्टिकरण पनि मागेको हो । 

एन्फाले टोलीका व्यवस्थापक बाबुकाजी बस्नेत, होस्टेल वार्डेन टक्कर थापालाई तीन दिन र सेक्युरिटी कम्पनी गुरुडलाई सात दिन भित्र लिखित जवाफ पेश गर्न निर्देशन दिइएको छ । 

स्पस्टिकरण लिएको एक दिन बितेपछि कसैले लिखित जवाफ नलेखेको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए । 'सोमबार खेलाडीसँग मौखक स्पष्टिकरण सोधिएको छ,' प्रवक्ता राईले भने,' थप प्रष्ट हुनका लागि ७२ घण्टाभित्र लिखित स्पष्टिकरण दिनुपर्ने हुन्छ । सोही लिखित स्पष्टिकरण पछि खेलाडीमाथि हुने कारवाहीका विषयमा छलफल हुनेछ ।' 

एन्फाको सीसी टिभि फुटेजका आधारमा खेलाडीलाई स्पष्टिकरण सोधिएको प्रवक्ता राईले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।