काठमाडौं- नेपाली कांग्रेस स्थानीय तहको निर्वाचनका लागि प्रवास समन्वय प्रचार प्रसार उपसमिति गठन गरेको छ।
स्थानीय तह निर्वाचन प्रचार प्रसार समितिका संयोजक डा. प्रकाशशरण महत नेतृत्वको समितिको चैत २२ गते बसेको बैठकले उपसमिति गठन गरेको हो।
प्रवासमा रहेका नेपालीहरु मार्फत आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा प्रचार-प्रसार अभियानलाई व्यापक पार्न भन्दै कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति गोरख (आनन्द) विष्टको संयोजकत्व समिति गठन गरिएको छ।
को-को छन् सदस्य?