आइतबार, साउन ३१, २०८३

ओलीको टिप्पणी : गभर्नरलाई बलीको बोको बनाइयो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ‘बलीको बोको’ बनाएको टिप्पणी गरेका छन्।
 |  शनिबार, चैत २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत २६, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ‘बलीको बोको’ बनाएको टिप्पणी गरेका छन्। 

काठमाडौंमा शनिबार आयोजित एमाले प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अर्थ मन्त्री जनार्दन शर्मालाई जोगाउन सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरिएको आरोप लगाए।

'उहाँ देशको अर्थतन्त्र जोगाउन खोज्ने एउटा राष्ट्रसेवक, अर्थविद्, अर्थशास्त्री हुनुहुन्थ्यो। त्यस्तो व्यक्तिलाई बर्खास्त गर्नु दुखद हो,' उनले भने। राष्ट्र ब्यांकबाटै डेपुटी गभर्नर भएर आएका र अर्थतन्त्र बुझेका मान्छेलाई बलीको बोको नाइनुले नेपालको अर्थतन्त्रमा ठूलो क्षति पुग्ने उनको टिप्पणी छ।

अर्थ मन्त्री शर्माको कमजोरी लुकाउन गभर्नर अधिकारीलाई कारबाही गरिएको ओलीले आरोप लगाए। 'थतुनोभरी रौं भएको मुसाले धान खायो। एउटै रौ नभएको भ्यागुतोलाई कारबाही गर्‍यो,' अध्यक्ष ओलीले भने, 'धान खाने मुसो, चोट पाउने भ्यागुतो भन्छन् नि। अनुहारभरी रौं भएको मुसोले अर्थतन्त्र बर्बाद पार्‍यो, देशको अर्थतन्त्र ध्वस्त पार्‍यो। सोझो भ्यागुतोलाई कारबाही गर्ने उखान जस्तै गरेर राष्ट्र ब्यांकको गभर्नरलाई कारबाही गर्‍यो।'

प्रकाशित: Apr 09, 2022| 13:10 शनिबार, चैत २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...