आइतबार, साउन ३१, २०८३

हरेक दृष्टिले साइकल उपयुक्त छ : प्रचण्ड

म्याराथनले देशैभर एउटा सन्देश प्रवाह गरेको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले भने, ‘देशैभरि साइकलका विषयमा सन्देश प्रवाह भएको छ। पर्यावरणको संरक्षण गर्न साइकल उपयोगी छ।’
 |  शनिबार, चैत २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत २६, २०७८

चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक दृष्टिले साइकल उपयुक्त भएको बताएका छन्। प्रज्ञा-स्मृति प्रतिष्ठान नेपाल र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले शनिवार आयोजना गरेको साइक्लिङ म्याराथन प्रतियोगिता उद्घाटन गर्दै उनले स्वास्थ्य, पर्यावरण र हरेक दृष्टिले साइकल नै  उपयोगी भएको चर्चा गरे।

म्याराथनले देशैभर एउटा सन्देश प्रवाह गरेको उल्लेख गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले भने, ‘देशैभरि साइकलका विषयमा सन्देश प्रवाह भएको छ। पर्यावरणको संरक्षण गर्न साइकल उपयोगी छ।’ 

खेलकुद मन्त्रीको समेत उपस्थिति रहेको कार्यक्रमले आधिकारिकता र वैधानिकता पनि स्थापित गरेको भन्दै उनले सहभागी सबैलाई शुभकामना व्यक्त गरे।

अध्यक्ष दाहालले शनिवार बिहान नारायणी किनारमा म्याराथन शुभारम्भ गरे। प्रतियोगिता संयोजक शन्तकुमार दरैले प्रतियोगितामा ५ विधा रहेको बताए। इलिट मेन १९ प्लस, इलिट वमेन १९ प्लस, मास्टर मेन ३० प्लस, ग्रयाण्ड मास्टर मेन ५० प्लस र चितवन विशेष हुन्।

प्रथम हुने १९ वर्षमाथिका महिला तथा पुरुषलाई ४५ हजारका दरले, ३० वर्षमाथिको विधामा २५ हजार, ५० वर्षमाथिको विधामा २० हजार र चितवन स्पेसल विधामा महिला तथा पुरुषलाई २०/२० हजारका दरले पुरस्कार रहने आयोजकले जनाएको छ।

प्रतियोगितामा १०औं स्थानसम्म आउनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ। भरतपुर महानगरमा निर्माणाधीन रिङरोडसहित सडक आयोजना  साइकलमैत्री रहेको सन्देश दिन र वातावरण संरक्षणमासमेत टेवा पुर्‍याउने उद्देश्यले साइकलको प्रयोग बढाउन प्रतियोगिता गराउन लागिएको आयोजकको भनाइ थियो।

करीब २ घण्टाको प्रतियोगितामा लगभग ६५ किमी दूरी पार गर्नुपर्ने व्यवस्था गरिएको छ। नारायणी नदी तिरबाट सुरू भई भरतपुर महानगरपालिकाको विभिन्न भित्री सडकमा दौड, र्‍यालीसहित पुनः नारायणी तिरमा आई समापन हुनेछ।

क्यान्सर पीडितलाई सहयोग गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विजेता खेलाडीलाई नगदपुरस्कारसहित, पदक तथा प्रमाणपत्र वितरण गरिनेछ र विभिन्न व्यक्तिलाई सम्मान गरिने आयोजकले जनाएको छ। 

प्रतियोगितामा काठमाडौंसहित हेडौंटा, पोखरा, बारा, पर्सा, एपीएफको समेत सहभागिता रहेको छ। अध्यक्ष प्रचण्डको छोरी ज्ञानु र छोरा प्रकाश दाहालको निधन पछि उनीहरूको स्मृतिमा प्रतिष्ठान बनाइएको महानगर प्रमुख रेनु दाहालले बताइन्। शोकलाई शक्तिमा बदल्दै समाजसेवामा लगाउन प्रतिष्ठान स्थापना भएको र यो पहिलो औपचारिक कार्यक्रम भएको समेत उनकोे भनाइ थियो।

प्रकाशित: Apr 09, 2022| 10:51 शनिबार, चैत २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...