काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले सूर्य चिन्हबाट चुनाव लड्न सक्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाको भनाइ प्रति कटाक्ष गर्दै रामाले भन्ने दल उत्पन्न हुने बताएका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'अब देशमा 'जबजमले' भन्ने सिद्धान्त बोकेको दल ‘रामाले’ उत्पन्न हुने भयो।'
'राप्रपा थापाले एमालेको सूर्य चिन्ह आगामी चुनाउमा दुई दलको साझा चिन्ह हुनसक्ने र कुरा भइरहेको भनेका छन्। उसो भए अब देशमा ‘जबजमले’ भन्ने सिद्धान्त बोकेको ‘रामाले’ भन्ने दल उत्पन्न हुने भयो त? धन्य हो! छेपारो राजनीतिको करामत? समाजवाद उन्मुख गणतन्त्र छिटै साकार हुन्छ कि क्या हो?,' उनले लेखेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित स्थानीय तह निर्वाचन घोषणापत्र तथा चुनाव चिन्ह सार्वजनिकीकरण समारोहमा बोल्दै अध्यक्ष थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेकै चुनाव चिन्ह लिएर पार्टी निर्वाचनमा सहभागी हुन इच्छुक रहेको बताएका थिए।