सोमबार, भदौ १, २०८३

आगामी निर्वाचन अधिकार प्राप्तिको लडाइँ हो : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी निर्वाचन सामान्य नभई अधिकार प्राप्तिको लडाइँ भएको बताएका छन्।
 |  शनिबार, चैत २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत २६, २०७८

जनकपुर- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी निर्वाचन सामान्य नभई अधिकार प्राप्तिको लडाइँ भएको बताएका छन्। उनले आगामी निर्वाचन उपलब्धिको रक्षा गर्ने र थप अधिकारका लागि लड्ने अभियान भएको बताएका हुन्।

सिरहाको मिर्चैया नगरपालिकाद्वारा सहिद रामप्रताप साहको नाममा निर्मित प्रतिमासहितको प्रवेशद्वार उद्घाटन कार्यक्रममा बोल्दै उनले अहिले पनि संविधानलाई मास्न र उपलब्धिलाई समाप्त पार्न कतिपय शक्ति लागि परेकाले त्यसको रक्षा गर्दै थप अधिकार प्राप्तिका लागि संघर्ष गर्ने अभियानका रूपमा निर्वाचनलाई लिनुपर्ने बताए।

'नेपालीको आत्मसम्मानको रक्षा गर्ने, प्रतिक्रियावादीलाई परास्त गर्दै देशको रक्षा गर्ने, राष्ट्रको रक्षा गर्ने, समानता र आत्मसम्मानको रक्षा गर्ने वा प्रतिक्रियावादीलाई छोडिदिने भन्ने लडाइँ हो अहिलेको निर्वाचन', अध्यक्ष प्रचण्डले भने।

माओवादीकै कारण देश अहिलेको अवस्थासम्म आइपुगेको प्रचण्डको जिकिर छ। 'जनयुद्ध, १२ बुँदे सम्झौता, शान्ति सम्झौता, सङ्घीय लोकतन्त्रको घोषणा, संविधानसभा निर्वाचन, निर्वाचनबाट जुन समृद्ध नेपालको सपना देखेर मैले आफ्नो ठाउँबाट, मेरो पार्टी र म अध्यक्ष भएको हैसियतले धेरै त्याग तपस्या गरेर यहाँसम्म नेपाल आइपुगेको छ,' उनले भने।

त्यसैले आफू प्रतिक्रियावादीका लागि घाँटीमा अल्झेको हाड जस्तै भएको उनको दाबी छ। नागरिकतासम्बन्धी विधेयक पेश गर्ने विषयमा दलहरुबीच सहमति बनिसकेकाले अबको संसद् बैठकमा विधेयक पेश गरी पारित गरिने उनको भनाइ थियो। अध्यक्ष प्रचण्डले नागरिकता विधेयक संसद्मा व्यापक छलफल गरेर पारित गर्नुपर्नेमा नेकपा एमालेको अवरोधका कारण छलफल र पारित हुन नसकेको बताए।

प्रकाशित: Apr 09, 2022| 09:06 शनिबार, चैत २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...