सोमबार, भदौ १, २०८३

बढ्यो ओलीको व्यस्तता : एकै दिन चार कार्यक्रममा सहभागी हुँदै

स्थानीय तहको निर्वाचन नजिकिएसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यस्तता बढाएका छन्। आज एकै दिन ओली चार कार्यक्रममा सहभागी हुने भएका छन्।
 |  शनिबार, चैत २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत २६, २०७८

काठमाडौं- स्थानीय तहको निर्वाचन नजिकिएसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यस्तता बढाएका छन्। आज एकै दिन ओली चार कार्यक्रममा सहभागी हुने भएका छन्।

ओलीले लोकतान्त्रिक अपांग संघको राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्ने छन्। बिहान ९ बजे संघको सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। 

त्यसपछि अध्यक्ष ओलीले विभिन्न पार्टीबाट आएका नेताहरूलाई पार्टीमा प्रवेश गराउने छन्।

काठमाडौं उपत्यकामा हुने यी दुई कार्यक्रमपछि ओली आजै पर्वत र बाग्लुङ जानेछन्।  जिल्ला कमिटी पर्वत र बाग्लुङले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न ओली त्यसतर्फ जाने भएका हुन्।

प्रकाशित: Apr 09, 2022| 08:55 शनिबार, चैत २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...