आइतबार, साउन ३१, २०८३

माओवादी नेता दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित

राष्ट्रपति भण्डारीले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार चितवनका नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी हुन्।
 |  शुक्रबार, चैत २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २५, २०७८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी नेता नारायण प्रसाद दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी छन्। राष्ट्रपति भण्डारीले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार  चितवनका नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी हुन्। 

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम नेपाल सरकारको सिफारिसमा चितवनका दाहाललाई राष्ट्रियसभामा मनोनित गरिएको जनाइएको छ। 

संविधानमा ३ जना राष्ट्रिय सभा सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ । यसअघि राष्ट्रपतिले मनोनित गरेका रामनारायण बिडारीको समय सकिएपछि रित्त पदमा दाहाल नियुक्त भएका हुन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ रहेका हुन् उनी माओवादीको कोटाबाट राष्ट्रिय सभा सदस्य बनेका हुन्।

यसअघि रिक्त रहेका १९ पदका लागि निर्वाचन भए पनि एक पदमा भने राष्ट्रपतिले मनोनित गर्ने प्रावधान अनुसार रिक्त राखिएको थियो। राष्ट्रपति भण्डारीले शुक्रबार दाहाललाई मनोनित गरेसँग उक्त रिक्त रहेको एक पद पनि पूर्ति भएको हो।   


प्रकाशित: Apr 08, 2022| 20:44 शुक्रबार, चैत २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...