आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • जनयुद्धको समयमा चितवनमै बसेर फौजी कार्यक्रम गरेको प्रचण्डको दाबी

जनयुद्धको समयमा चितवनमै बसेर फौजी कार्यक्रम गरेको प्रचण्डको दाबी

राप्ती खैरहनी र रत्‍ननगर नगर कमिटीले संयुक्त रूपमा आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै पूर्वी चितवनमा पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गरी प्रतिगामी यथास्थितिवादी तथा अवसरवादीहरूको किल्ला तोड्न आग्रह गरेका हुन्।
 |  शुक्रबार, चैत २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २५, २०७८

चितवन- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको भिषण समयमा पूर्वी चितवनकै भूगोलमा बसेर ठूला-ठूला फौजी तथा संगठानात्मक कार्यक्रम गरेको दाबी गरेका छन्। राप्ती खैरहनी र रत्‍ननगर नगर कमिटीले संयुक्त रूपमा आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै पूर्वी चितवनमा पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गरी प्रतिगामी यथास्थितिवादी तथा अवसरवादीहरूको किल्ला तोड्न आग्रह गरेका हुन्।

उनले भने, 'युद्धको समयमा पूर्वी चितवन आन्दोलनको केन्द्र थियो। अवसरवादीहरू र प्रतिगामीहरू थर्कमान हुन्थे, अहिले उनीहरुको हाईहाई भएका छन्।' उनले यसलाई परास्त गर्न सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आग्रह गर्दै त्यसका लागि पार्टी हेडक्‍वार्टरको तर्फबाट आवश्यक पहलकदमी लिने समेत बताए।

सो अवसरमा अध्यक्ष प्रचण्डले मुलुकको समृद्धि, संघीयता, धर्म निरिपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्वसहितको एजेन्डा संविधानसभामार्फत संविधानमा लिपीबद्ध गरेको बताउँदै भर्खरै सम्पन्‍न पार्टीको महाधिबेशनले समाजवादको दिशामा जाने विशेष खाका तय गरेको समेत बताए।

मानव जातीका लागि जलवायु परिवर्तनले पारेको प्रभावले मानव जीवनमा प्रतिकुल प्रभाव पैदा गरेको भन्दै यसलाई जोगाएर कसरी मानव जीवनलाई सहज गराउने भन्‍नेमा पनि महाधिवेशनले ठोस नीति लिएको उनले बताए। समाजवाद उन्मुख राज्य व्यवस्था निर्माणका लागि उत्पादकत्व वृद्धि  र उत्पादन संयन्त्रमा वैज्ञानिक तालमेल मिलाइ आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने दिशामा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए। हजारौं सहिद तथा बेपत्ता योद्धाहरुको वलिदानीबाट प्राप्त यो ऐतिहासिक उपलब्धिहरूलाई सिध्याउन ऐनले नामको प्रतिगामी तत्व लागिपरेको बताउँदै त्यसलाई रोक्न पनि माओवादी जाग्नै पर्ने बताए।

समसामयिक राजनीतिक अवस्था र आसन्‍न स्थानीय तह निर्वाचनका विषयमा कार्यकर्ताहरूलाई प्रशिक्षित गर्दै प्रतिगमनकारीहरूलाई घुडा टेकाउन र अग्रगामी उपलब्धिहरूलाई संरक्षण गर्न पनि लोकतान्त्रिक शक्तिहरूका बीच गठबन्धन भएको बताए। देश जोगाउने शक्ति माओवादी मात्र हो भन्‍ने देशव्यापी रूपमा स्थापित भैसकेको भन्दै यही एजेन्डालाई लिएर उच्च मनोवलका साथ संगठन निर्माणमा लाग्न आग्रह समेत गरेका थिए ।

राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा जिल्ला संयोजन समितिका संयोजक रामचन्द्र अधिकारिले राप्ती ,खैरहनी र रत्‍ननगर पार्टी कमिटीहरूको संगठनात्मक अवस्था र पार्टीले आसन्‍न स्थानीय तह निर्वाचनमा खेल्नुपर्ने भूमिकाका विषयमा धारणा राखेका थिए।

सो अवसरमा माओवादी केन्द्र रत्‍ननगर कमिटीका अध्यक्ष श्याम बरालले आसन्न स्थानिय तह निर्वाचनमा रत्ननगर पार्टी कमिटी एक भएर निर्वाचनमा होमिएको बताउँदै भरतपुर र माडिको  विकासको मोडललाई अनुशरण गरेर आम जनमानसमा स्थापित गर्दै मतदाताहरू संग मत माग्नुपर्ने बताए। 

प्रकाशित: Apr 08, 2022| 20:46 शुक्रबार, चैत २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...