आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • वैशाखको पहिलो साता बुटवलमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

वैशाखको पहिलो साता बुटवलमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

बुटवलमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा वैशाख ७ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो। शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको क्लबले जनाएको छ।
 |  शुक्रबार, चैत २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २५, २०७८

बुटवल- बुटवलमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा वैशाख ७ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो। शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको क्लबले जनाएको छ।

National life

चार दिनसम्म सञ्‍चालन हुने प्रतियोगितामा मेन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ वर्षमाथि, ५५ वर्षमाथि र महिला सिंगल गरी पाँच विद्यामा खेलहरु खेलाइने अध्यक्ष गोपाल टण्डनले बताए।  

प्रतियोगिताको मेन्स सिंगल र मेन्स डबल्सतर्फ प्रथम पुरस्कार ५० हजार रुपैयाँ, द्वितीय ३० हजार र तृतीयलाई २० हजार रुपैयाँ, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने छ।

यसैगरी भेट्रान्स ४५ वर्षमाथि उमेर समूह र महिला सिंगलमा प्रथमलाई ३० हजार रुपैयाँ, द्वितीय २० हजार रुपैया र तृतियलाई १० हजार रुपैयाँ, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए। यसैगरी ५५ वर्षमाथि उमेर समूहको प्रथमलाई २० हजार रुपैयाँ, द्वितीय १५ हजार र तृतीयलाई १० हजार रुपैयाँ, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरीने प्रतियोगिता संयोजक शम्भु भट्टराईले बताए।

क्लबले यसअघि अन्तर विद्यालय दुई पटक,  क्षेत्रीयस्तरको चार पटक, लुम्बिनी प्रदेशस्तरीय दुई पटक र पहिलो संस्करणको राष्ट्रिय प्रतियोगिता सम्पन्न गरिसकेको अनुभव आफुहरुसंग रहेको उनले बताए। प्रतियोगिता २ सय ८ जना खेलाडी र करीब १० हजार दर्शकहरुले अवलोकन गर्ने उनले बताए।

Laxmi sunrise bank
kumari

प्रतियोगिता सम्पन्‍न गर्न करिब २१ लाख  रुपैयां खर्च अनुमान गरिएकोमा आयोजक क्लबमा आवद्ध खेलाडीहरुले व्यक्तिगत रकम ४ लाख रुपैयां संकलन गरेर तयारी शुरु गरिएको र रकम खेलप्रेमी,उद्योगी व्यवसायीबाट संकलन गरिने क्लबका प्रथम उपाध्यक्ष पंकज ज्ञवालीले बताए। 

प्रकाशित: Apr 08, 2022| 19:30 शुक्रबार, चैत २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।