सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सामाजिक सञ्जालको प्रयोग पर्याप्त गरौं तर दुरुपयोग नगरौं : प्रमुख आयुक्त थपलिया

सामाजिक सञ्जालको प्रयोग पर्याप्त गरौं तर दुरुपयोग नगरौं : प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आचारसंहिताले सामाजिक सञ्जालको प्रयोगमा बन्देज नगरेको बरु त्यसको दुरुपयोगलाई निराकरण गर्ने कोसिस गरेको बताएका छन्।
 |  शुक्रबार, चैत २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २५, २०७८

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आचारसंहिताले सामाजिक सञ्जालको प्रयोगमा बन्देज नगरेको बरु त्यसको दुरुपयोगलाई निराकरण गर्ने कोसिस गरेको बताएका छन्। व्यवस्थित र मर्यादित रुपमा सामाजिक सञ्जालको प्रयोग गर्न कुनै रोकावट नरहेको उनले स्पष्ट पारे।

बिहीबार साँझ आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले भने, ‘अहिले सामाजिक सञ्जालमा धेरै मान्छे छन्। सबैभन्दा धेरै सामाजिक सञ्जालकै उपयोग हुन्छ। आचारसंहितामा समेटिएको कुरा हामीले सामाजिक सञ्जालको दुरुपयोग नहोस् भनेर राखेका हौँ, प्रयोग त जति पनि गर्न पाइन्छ। सामाजिक सञ्जालको व्यापक रुपमा प्रयोग गरौं तर दुरुपयोग नगरौं।’

आचारसंहिता कार्यान्वयनको विषयमा हरेक पटक प्रश्न उठ्ने गरेको भन्दै उनले यसपटक त्यसलाई थप व्यवस्थित रुपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले भने,  ‘आचारसंहिता कार्यान्वयनको सन्दर्भमा प्रत्येक निर्वाचनमा प्रश्न उठ्ने गरेका छन्। अहिले पनि प्रश्न उठाउनुलाई हामी स्वाभाविक ठान्छौं। तर आचारसंहिता नमान्नेलाई कानुनबमोजिम कारवाही हुन्छ। कसैलाई पनि छुट छैन।’

प्रमुख आयुक्त थपलियाले आचारसंहिताले मन्त्री वा कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्तिले पार्टी वा उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था स्थानीय तहको चुनावमा कार्यान्वयन गर्नुपर्ने अवस्था नै नआउने बताए।

‘अहिले प्रश्न पनि उठ्यो, आचारसंहिताको त्यो व्यवस्थाका बारेमा। तर, आचारसंहिताले प्रष्ट भनेको छ– मन्त्रीले आफू उम्मेदवार भएकोमा आफ्नो प्रचार गर्नबाहेक सार्वजनिक स्रोत साधनको प्रयोग गरेर प्रचार प्रसार गर्न पाइँदैन।  स्थानीय तहको निर्वाचनमा मन्त्रीहरू उम्मेदवार हुनुहुन्न। आफू उम्मेदवार नभएपछि भोट माग्न जानै परेन, त्यसैले यो बुँदा हामीले कार्यान्वयन गर्नुपर्दैन भन्ने लागेको छ।’

प्रकाशित: Apr 08, 2022| 19:05 शुक्रबार, चैत २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...