सोमबार, भदौ १, २०८३

म्याग्दीमा पाँच दलले चुनावी तालमेल गर्ने

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी (जसपा)का नेताहरुको विहीबार बेनीमा बसेको संयुक्त बैठकले म्याग्दीका छवटै स्थानीय तहमा साझा उम्मेदवार बनाउने निर्णय गरेका हुन्।
 |  शुक्रबार, चैत २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २५, २०७८

म्याग्दी- आगामी वैशाख ३० गते हुने स्थानीय तह चुनावमा म्याग्दीमा सत्ता गठबन्धनका पाँच दलले तालमेल गर्ने भएका छन्। 

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी (जसपा)का नेताहरुको विहीबार बेनीमा बसेको संयुक्त बैठकले म्याग्दीका छवटै स्थानीय तहमा साझा उम्मेदवार बनाउने निर्णय गरेका हुन्। 

कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बिर)को अध्यक्षतामा बैठक बसेको थियो। पाँच दलीय संयन्त्रकोतर्फबाट माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष छवि विश्वकर्मा र जनता समाजवादीका अध्यक्ष देवेन्द्रबहादुर विश्वकर्मा सहभागी भएका थिए।

यसअघिको पहिलो बैठकले कांग्रेस सभापति गर्बुजाको संयोजकत्वमा गठन भएको पाँच दलीय संयन्त्रले वडा तहबाट सबै दलको शक्ति आंकलन र अनुमानित मत विवरण सङ्कलन गर्ने निर्णय गरेको थियो। कांग्रेसका सचिव पुनले सबै दलले वडा र पालिकाबाट सङ्कलन गरेको विवरणलाई केन्द्रित र विष्लेषण गरेर केन्द्रीय संयन्त्रले बनाउने विधिका आधारमा कहाँ कसको उम्मेदवार बनाउने निर्णय लिइने बताए। 

'कुन दलले कुन पालिकामा उम्मेदवार उठाउने भन्ने निर्णय गर्न बाँकी छ', उनले भने, 'सबै दलको सबै वडाबाट आएको रिपोर्टका आधारमा उम्मेदवारी बाँटफाँट गरिन्छ।' चुनावी तालमेल गर्न जिल्ला र पालिकास्तरीय संयन्त्र विस्तार गरेका छन्। 

विसं २०७४ को निर्वाचनमा कांग्रेसले बेनी नगरपालिकामा प्रमुख र तीन गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र १५ वटा वडामा अध्यक्ष जितेको थियो। माओवादी केन्द्रले सात वटा वडा जितेको थियो। एमालेले दुई गाउँपालिका अध्यक्ष, तीन गाउँपालिका उपाध्यक्ष र २३ वटा वडाध्यक्ष जितेको थियो। बेनी नगरको उपप्रमुख राप्रपाले जितेको थियो। 

बेनी नगरपालिका, मङ्गला र धवलागिरि गाउँपालिकामा कांग्रेस र माओवादीले तालमेल गरेका थिए। रघुगङ्गामा एमाले र माओवादी, बेनीमा एमाले र राप्रपाले तालमेल गरेका थिए भने मालिका र अन्नपूर्ण गाउँपालिकामा तालमेल भएको थिएन। 

प्रकाशित: Apr 08, 2022| 15:15 शुक्रबार, चैत २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...