आइतबार, असोज २५, २०८३

कमल थापाले चुनावी तालमेलमा एमालेलाई प्राथमिकता दिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले एमालेसँग चुनावी तालमेललाई प्राथमिकता दिने निर्णय गरेको छ।
 |  शुक्रबार, चैत २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २५, २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले एमालेसँग चुनावी तालमेललाई प्राथमिकता दिने निर्णय गरेको छ।

कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको भर्च्यूअल बैठकले एमालेसँग निर्वाचनमा तालमेललाई प्राथमिकता दिने निर्णय गरेको हो। 

बैठकले तालमेल भएका स्थानहरूमा 'साझा चुनाव चिन्ह' लिएर उठ्नेबारे निर्णय गर्ने अधिकार पदाधिकारी बैठकलाई दिने निर्णय गरेको छ। बैठकले बैशाख ३० गते हुने स्थानीय चुनावको घोषणा पत्र पारित गरेको छ।

राप्रपा नेपालले घोषणा पत्रमा शिक्षा, स्वास्थ्यमा उच्चतम् लगानी, रोजगारी सिर्जनामा जोड,सनातन धर्म संस्कृतिको रक्षा,पूर्वाधार विकास, कृषिमा आत्मनिर्भरता, भ्रष्टाचार शुन्य अवस्थाको सिर्जना, स्थानीय अर्थतन्त्र र पूंजी निर्माण, अति विपन्न परिवारलाई बिजुली र पानीको महसुलमा ५० प्रतिशत छुट,  'आमा र नाबालक/बालिका' को भरणपोषण र जीवनवृत्तिका लागि संयुक्त अनुदान दिने विषयलाई प्राथमिकता दिएको छ।

प्रकाशित: Apr 08, 2022| 08:55 शुक्रबार, चैत २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...