बुधबार, असार ३१, २०८३

उसु टोली मंगलबार माकाउ जादै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रथम विश्व विश्वविद्यालय उसु च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार मकाउ प्रस्थान गर्दै छन् । 

अगष्ट २ देखि ५ तारिखसम्म हुने मकाउ पोलिटेक्निक इन्स्टिच्यूट मल्टी स्पोर्ट्स पेभिलियन प्रतियोगितामा सहभागी हुन ७ सदस्यीय नेपाली टोली मंगलबार मकाउ प्रस्थान गर्न लागेको हो । 

प्रतियोगितामा १ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । तीनै खेलाडीले थाउलो स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । अन्तराष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ र मकाउ विश्वविद्यालय खेलकुद संघको संयुक्त आयोजनामा हुने प्रतियोगितामा ३५ राष्ट्रको सहभागिता रहने छ ।

अन्तराष्ट्रिय प्रतियोगितामा ‘डेब्यु’ गर्न लागेका अशोक बुढा मगरले पुरुष नान् छ्वान र नान् गुनमा भाग लिने छन् । महिलामा १२ औं दक्षिण एसियाली खेलकुद (साग) की रजत विजेता सविता राईले ताइची छ्वान र ताइची छेन तथा ओसिन राईले जेन सु र चेन सुमा आ–आफ्नो कौशल प्रदर्शन गर्नेछन् । ओसिन र सविता आ–आफ्नो स्पर्धाका लगातार पाँचपटकका राष्ट्रिय च्याम्पियन हुन् । 

विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्रदीप जोशीको नेतृत्वमा जान लागेको टोलीको प्रशिक्षकमा राजिव महर्जन तथा अफिसियलमा राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत आर्थिक प्रशासन शाखाका लेखापाल कुमार बस्नेत र विश्वविद्यालय खेलकुद संघका सदस्य महेन्द्र तामाङ रहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।