काठमाडौं- सन् २०२२ अक्टोबर ९ देखि १५ तारिखसम्म चीनमा सञ्चालन हुने हाङ्ग्जाउ २०२२ एसियन पारा गेम्सको लागि नेपाली राष्ट्रिय पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन (के.४४) ले ५७ केजीमुनी र सिर्जना घिसिङ् (के ४४) ले ५२ केजीमुनीका खेलाडीहरुले खेल्ने भएका छन्।
विश्व तेक्वान्दो महासंघले अप्रिल सात तारिखमा पठाएको पत्रानुसार पलेशा गोवर्धन विश्वको ९ औं र्यांकिङ र सिर्जना घिसिङले विश्वको १० औं र्यांकिङ वरीयतामा रहेकोले वाइल्डमार्फत गञ्जाउ २०२२ एसियन पारा गेम्स खेल्ने निश्चित गरेको पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन्।
पलेशा गोवर्धन टोकियो ओलम्पिकमा दुई फाईट जित्ने र एशियन युथ गेम्समा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी हुन्। त्यस्तै, सिर्जना घिसिङ्गले एशियन युथ गेम्स र डब्लु टी प्रसिडेन्ट कप एसियन रिजनमा रजत पदक जितेकी थिइन्।
प्रशिक्षक लामाका अनुसार गञ्जाउ २०२२ एसियन पारा गेम्सबाट नेपालले पदक ल्याउने ठूलो आशा रहेको बताए।