बुधबार, फागुन २०, २०८२

बार्सिलोनामा लापोर्टालाई गलत सावित गर्ने जाभी 'ट्याक्टिस'

गत मेमा ‘जिम्मेवारीका लागि तयार नभएको’ भन्दै जाभीको आलोचना गरेका क्लबका अध्यक्ष लापोर्टाले अहिले आफू त्यसबेला गलत भएको स्वीकार गरेका छन्। उनले भनेका छन्, 'जाभीले टीमको मानसिकता बदलदिएका छन्, खेलाडीहरुको व्यक्तिगत सुधारमा ठूलो मद्दत पुर्‍याएका छन्। बार्सिलोनाले हराएको आफ्नो फुटबल दर्शनको सारलाई पुनः प्राप्त गरेको छ।'
 |  शुक्रबार, चैत २५, २०७८

शिशिर बस्नेत

शिशिर बस्नेत

शुक्रबार, चैत २५, २०७८

काठमाडौं- चालू सिजनको सुरुवातमा स्पेनिस क्लब बार्सिलोनाले लिएका कतिपय निर्णय समर्थक र स्वंय क्लबका लागि प्रिय थिएनन्। क्लबले चाहेर होस् या परिस्थितीजन्य अवस्थाका कारण बार्सिलोनाले लिएको निर्णय र हिँड्न खोजेको बाटो प्रति समर्थक क्रुद्ध बनेका थिए। एकातर्फ क्लब चरम आर्थिक संकटले थलिएको थियो। अर्को तर्फ तत्कालिन प्रशिक्षक रोनाल्ड कोम्यानले लिइरहेका निर्णयले बार्सिलोनाका खेलाडी र समर्थक दुवैलाई निराशा थपिरहेको थियो। 

बार्सिलोना आर्थिक संकटको भासमा यसरी भासिएको थियो कि केही महत्वपूर्ण निर्णय गर्न चाहेर पनि नसक्ने अवस्थामा बोर्ड पुगेको थियो। त्यही चक्करमा बार्सिलोनाले ठूलो धक्का व्यहोर्नु पर्‍यो। त्यो धक्का थियो- क्लबका सर्वश्रेष्ठ खेलाडी तथा कप्तान लियोनल मेस्सीको बहिर्गमन। मेस्सीको बहिर्गमन न उनले चाहेर भएको थियो। न त बार्सिलोनाको बोर्डले चाहेर नै। कारण त उही आर्थिक संकट नै त थियो। एर्नेस्टो भालभर्डेको बहिर्गमन पछिका सिजन निराशाजनकरुपमा वित्न थालेपछि मेस्सी आफैं विरक्तिएका थिए। त्यसो त उनको निराशा सहकर्मीहरुको अपमानजनक विदाइका कारणले समेत चुलिएको थियो। अघिल्लो सिजन मात्रै त हो कोम्यानकै कारण अपमानजनक हिसाबले उनका मिल्ने साथी लुइस स्वारेजलले क्लब छाडे तर, त्यो क्रम बार्सिलोनामा रोकिने छाँटकाँट पनि त थिएन। आखिर इभान राकिटिकले पनि स्वारेजको नियती खेप्नु परिहाल्यो।

अर्नेस्टो भालभर्डेको बर्खास्ती पछि क्लबको प्रशिक्षण सम्हाल्न आइपुगेका क्विके सेटिएनको नेतृत्वमा सन् २०२० अगस्ट १४ का दिन बार्सिलोनाको इतिहासमै कालो रात सावित बनेको थियो। किनकी बार्सिलोनाले च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा  बार्यन म्युनिखसँग ८-२ को लज्जास्पद हार व्यहोरेको थियो। त्यसपछि नै त हो  क्लबका लिजेन्ड खेलाडी कोम्यानको बार्सिलोनाको प्रशिक्षण कमान्ड सम्हाल्न  आइपुगेका। तर, उनको नेतृत्वमा बार्सिलोनाले जति राम्रो गर्न सक्यो त्यो भन्दा बढी नराम्रो गर्‍यो। उनको खेल रणनीति, उनका योजना हुन् वा खेलाडीलाई उनले गर्ने व्यवहार नै सँधै प्रश्नका घेरा बाहिर रहन सकेनन्।

यीनै पृष्ठभूमीमा मेस्सीको सम्झौता नविकरण समेत हुन सकेको थिएन। मेस्सी कागजी हिसाबले क्लब बिहिन बनिसकेका थिए। बार्सिलोना र मेस्सीकाबीचमा सम्झौताका लागि छलफल पनि भइरहेकै थियो। र दुवै पक्ष सम्झौताका लागि तयार समेत भइसकेका थिए। तर ला लिगाले क्बलको आर्थिक अवस्थालाई हेरेर मेस्सी र बार्सिलोनाबीचको सम्झौतामा तगारो हालिदियो। जसका कारण बाल्यकाल देखि खेलेको क्लब छाडेर टिस्युले आँशु पुच्छ्दै  फ्रेन्च क्लब पीएसजी तर्फ लागे। तर बार्सिलोनाले मेस्सी मात्रै गुमाएका थिएन, लिडर गुमाएको थियो। हरेक सिजनमा कम्तीमा ४० गोल गुमाएको थियो। लगत्तै कोम्यानको योजनामा नपरेका इभान राकिटिक सेभियामा अनुबन्ध भए।

नयाँ खेलाडी अनुबन्धका लागि बार्सिलोनासँग पैसा थिएन। जसका कारण उसले फ्रि ट्रान्सफरको रणनीति अख्तियार गर्‍यो। सर्जियो अग्यूरो, माम्फिस डिपे लगायतका खेलाडी बार्सिलोनामा अनुबन्धित भए। तर बार्सिलोना पहिलेकै स्तरमा रहन सकेन। कोम्यानको नेतृत्वमा सुरुवाती १० खेलमा मात्रै चार जित निकाल्न सक्यो । समान तीन खेलमा हार र बराबरीको नतिजा निकालेको बार्सिलोना १५ अंक जोडेर तालिकाको नवौं स्थानमा थियो। र च्याम्पियन्स लिगका सुरुवाती तीन खेलमा २ पराजय व्यहोरेको थियो। त्यही हारका कारण बार्सिलोना च्याम्पियन्स लिगबाट यूरोपा लिग खेल्नुपर्ने स्थिती सिर्जना भइरहेको थियो। लगातारको खराब नतिजाका कारण बार्सिलोनाको बोर्डले कोम्यानको निरन्तरता चाहेन। र २०२१ अक्टोबर २८ मा बार्सिलोनामा कोम्यानको प्रशिक्षण यात्रामा पूर्णविराम लाग्यो। 

kumari

अनि सुरु भयो जाभी इरा 

कोम्यानको बहिर्गमन पछि बार्सिलोनाले क्लबका लिजेन्ड जाभी हर्नान्डेजलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पियो। ६ नोभेम्भर २०२१ बाट प्रारम्भ भएको जाभी युगले अहिले तरक्की गरिरहेको छ। भलै बार्सिलोनाले च्याम्पियन्स लिग खेलिरहेको छैन। तर, ला लिगाको नवौं स्थानमा रहँदा प्रशिक्षण थालेका जाभीले १५२ दिनमा जे गरेका छन्, त्यो साँच्चिकै लोभ लाग्दो छ। अहिले बार्सिलोना ला लिगाको दोस्रो स्थानमा छ। यूरोपा लिगको क्वार्टर फाइनल खेलिरहेको छ। क्लबका लागि १७ वर्ष मिडफिल्डरका रुपमा खेलेका जाभीले प्रशिक्षकरुपमा २८ खेल खेलाएका छन्। त्यसमध्ये १६ खेलमा खेलामा जित निकाल्दा चार खेलमा हार र आठ बराबरीको नतिजा निकालेका छन्।

जब उनी बार्सिलोनाको प्रशिक्षक बने तब उनले टीममा परिवर्तन ल्याउन थाले। खेलाडी परिवर्तनमा उनको मुख्य जोड थियो। र त उनले आफ्ना पुराना सहकर्मी तथा भेट्रान राइट ब्याक डानी आल्भेसलाई टोलीमा फर्काए।

लियोनल मेस्सीपछि बार्सिनोलाका लागि सर्वाधिक खेल्ने उनै जाभी त हुन्। उनले टिमका लागि ७६७ खेल खेलेर २५ वटा ट्रफी समेत जितेका थिए। यति लामो समय क्लबबाट खेलेका उनी बार्सिलोनाका बारेमा अञ्जान हुने कुरै थिएन। र त सुधार पनि सम्भव भयो। जाभीले बार्सिलोनाको मुख्य प्रशिक्षककारुपमा पहिलो खेल इस्पान्योल विरुद्ध थियो। उनको डेब्यु खेलमै बार्सिलोनाले विजयी सुरुवात गर्यो। 

क्लबका अध्यक्ष जुवान लापोर्टाले धेरै भरोसा राखेका जाभीले त्यसपछि भने केहि समय लय गुमाउन पुगे। युरोपियन च्याम्पियन लिगमा समुह चरणबाटै बाहिरिपछि जाभीले नमिठो आलोचना समेत व्यहोर्नु पर्यो। तर विस्तारै टिमले गति लिँदै गयो। र जाभीले यूरोपा लिग र ला ला लिगामा आफलाई काबिल प्रमाणित गरिरहेका छन्। 

प्रकाशित: Apr 08, 2022| 06:21 शुक्रबार, चैत २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।