मंगलबार, जेठ ८, २०८१

भीड हेरेर भाषण गर्छन् ओली

ओलीले किन मास हेरेर भाषण गर्छन्? त्यसको उद्देश्य के हो त? प्राध्यापक डम्बर चेम्जोङ जुन कुरा सुनाउँदा समाजका बहुसंख्यक मानिस आकर्षित हुन्छन् त्यहीअनुकूल तथ्यलाई तोडमोड गरेर भाषणबाजी गर्ने प्रवृत्ति ओलीमा रहेको बताउँछन्।
 |  बिहीबार, चैत २४, २०७८

निर्भीकजंग रायमाझी

निर्भीकजंग रायमाझी

बिहीबार, चैत २४, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नै बोलीका कारण चर्चामा आइरहन्छन्। तथ्य तोडमोड गरी भाषण गर्ने ओली स्थान विषेश र माहौललाई पनि विचार गर्छन्। ओलीका भाषणमा वाक्पटुता मात्र झल्कँदैन,  वाक्कटुता पनि उतिकै हुन्छ। विरोधीहरूको आलोचना गर्नुपरे उनी कटुतापूर्ण शब्दवाण प्रहार गर्छन्। 

triton college

तथ्य र तथ्यांकबाट बरालिएर गरिएको भाषणले राजनीतिज्ञको ओझ बढाउँदैन। तथ्य र तर्कसहितको भाषणको अर्थ बेग्लै हुन्छ। ओली उखान मिश्रित र आफ्नै दाबीसहितका भाषण गर्न माहिर छन्। तथ्य तोडमोड गरेरै भएपनि आफ्ना तर्क स्थापित गर्ने प्रयास उनले गर्छन्, गरिरहेका छन्। 

त्यसको पछिल्लो उदाहरण हो- मंगलबार वीरगञ्जमा गरेको भाषण। उनले वीगगञ्जको मास हेरेर आफू पनि मधेसको परिवेशमा हुर्किएकाले भैंसीको पिठ्यूँमा बस्नदेखि हलो जोत्नसमेत आउने दाबी गरिदिए। पार्टी प्रवेश कार्यक्रममा उनले भनेका थिए, ‘म मधेशमा भैँसीको पिठ्यूमा चढेर भैँसी चराएको मान्छे हो। हलो जोत्न पनि आउँछ, कोदालोले आली पनि बनाउन पनि आउँछ।’ 

आफूलाई मधेसवासी भनेर उनले जनताको ध्यान आकृष्ट गर्न खोजेका थिए। त्यसको उद्देश्य थियो– स्थानीय निर्वाचनमा भोट तान्ने। र, त्यो उद्देश्य पनि उनले लुकाएनन्। भाषणकै बीचमा भनिदिए, ‘मलाई मधेश विरोधी भनेर भ्रम फैलाइएको छ। तर यहाँ सबैभन्दा धेरै सिट जितेर देखाइदिन्छु।’

ओलीसँगै चौध वर्ष जेल बसेका राधाकृष्ण मैनाली ओलीलाई वाचाल र चतुर मान्छन्। उनका अनुसार ओली जेलमा बस्दा बाहिरी पुस्तकहरू धेरै पढ्थे। त्यसबेला ओली धर्म–संस्कृति, कूटनीति, चुट्किला, उखान पढ्दा रोचक लागेका कुरा नोट गरेर राख्ने गरेको मैनाली बताउँछन्।

तर, आफूलाई मधेसको नजिकको नेताका रुपमा अर्थ्याएका ओलीको अभिव्यक्ति परस्पर रुपमा बाझिन्छन्। २०७२ को नाकाबन्दीताका उनले मधेस र मधेसीलाई राष्ट्रिय तत्त्व करार गरेको थिए। २०७४ को निर्वाचनमा मधेसमाथि वर्षौंदेखि राज्यले बराबरी व्यवहार गर्न नसकेको बताउँदै नेकपा एमाले संघीयता र मधेसको पक्षमा रहेको बताए। २०७८ जेठमा संसदमा बहुमत पुर्‍याउन नसक्दा उनले फेरि मधेसवादी दल राजपाको साथ लिएका थिए। 

corrent noodles
Metro Mart

२०७८ असोजको बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा भने उनले संविधान निर्माणका बेला मधेसवादी दलहरूले राष्ट्रहित विपरीत माग राखेर संविधान बनाउन नदिने खेल खेलेको उल्लेख गरेका छन्।

ओलीले उक्त दस्तावेजमा भनेका थिए, ‘बहुराष्ट्रिय राज्य मान्नुपर्ने, आधाभन्दा बढी जनसंख्या रहेको तराई मधेसमा सकेसम्म एक र हुँदै नभए दुई प्रदेश बनाउनुपर्ने, तराई मधेसको सम्पर्क भाषा हिन्दी हुनुपर्नेजस्ता मधेसकेन्द्रित दलका माग राष्ट्रको हितमा थिएनन्।’

अहिले विराटनगर, जनकपुर, वीरगञ्ज, इटहरी, चितवन, नेपालगञ्ज, धनगढीलगायत मधेसका ठूला सहरमा भइरहेका चुनावी अभियानमा जाँदा भने ओलीले मधेसप्रति समभाव राखेको प्रमाणित गर्न ती ठाउँबारे प्रशस्त चर्चा गर्ने गरेका छन्।

त्यसो त ओली स्थान, परिवेश र मासको मनोविज्ञान अनुसार कसरी आफ्ना दाबी र तर्क प्रमाणित गर्ने प्रयास गर्छन् भन्ने कुराका थुप्रै उदाहरण छन्। ओली नेपालको जुन ठाउँ पुग्छन् त्यस ठाउँको गुनगान गाउँछन्।  र, यदाकदा प्रमाणित नभएका र नसुनिएका तर्क गरेर 'मासको सेन्टिमेन्ट क्यास' गर्ने प्रयास पनि उनले गरेका छन्। त्यसकारण उनी कहिले अयोध्या नेपालमा पर्छ,  भगवान् रामचन्द्र पर्साको ठोरीमा जन्मेका हुन् भन्छन् त कहिले तनहुँको गाउँबाट शिवले फलाम निकालेको दाबी गर्छन्। 

कोरोना भाइरसको पहिलो भेरिएन्टले मुलुक आक्रन्त बनेका बेला सरकारले महामारी नियन्त्रण गर्न नसकेको भनेर आलोचना भइरहेको थियो। त्यो बेला ओली सरकारको नेतृत्व गरिरहेका थिए। कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि आवश्यक स्वास्थ्य सामाग्री आयातमा अनियमितता भएको आरोप समेत सरकारले खेपिरहेको थियो। ६ महिना लामो लकडाउनका कारण जनता घरमै थुनिएर बस्नुपरेको स्थिती थियो। 

ओलीले किन मास हेरेर भाषण गर्छन्? त्यसको उद्देश्य के हो त? प्राध्यापक डम्बर चेम्जोङ जुन कुरा सुनाउँदा समाजका बहुसंख्यक मानिस आकर्षित हुन्छन् त्यहीअनुकूल तथ्यलाई तोडमोड गरेर भाषणबाजी गर्ने प्रवृत्ति ओलीमा रहेको बताउँछन्। 

तर, ओलीले नयाँ तर्क फालेर जनताको आक्रोश मथ्थर पार्ने प्रयासमा थिए। त्यो बेला उनले भनेका थिए, ‘नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी छ। गुर्जो, बेसारपानी खाए कोरोना चट हुन्छ।’

त्यसो त उनले संघीयताको सन्दर्भमा पनि यदाकदा अनौठा तर्क गर्ने गरेका छन्। केही समय अघि उनले भनेका थिए, ‘पुष्पलाल, बिपी, मदन भण्डारीलाई संघीयता थाहा नभएको होइन। नेपालको सन्दर्भमा ठीक छैन भनेर उहाँहरूले संघीयताको कुरा नउठाएको हो।’

स्थानीय तहको निर्वाचन केन्द्रित अभियानका लागि देशभर पुगिरहेका ओलीले हरेक ठाउँमा नयाँ तर्क गरिरहेका हुन्छन्। कहिले स्थान विशेषको चर्चा गर्छन् त कहिले जुम्राको उत्पत्तिबारे लामै प्रवचन दिन्छन्। 

ओलीले किन मास हेरेर भाषण गर्छन्? त्यसको उद्देश्य के हो त? प्राध्यापक डम्बर चेम्जोङ जुन कुरा सुनाउँदा समाजका बहुसंख्यक मानिस आकर्षित हुन्छन् त्यहीअनुकूल तथ्यलाई तोडमोड गरेर भाषणबाजी गर्ने प्रवृत्ति ओलीमा रहेको बताउँछन्। 

‘हाम्रो समाज अतितप्रेमी छ। अर्थात् हिजो सबै राम्रो थियो आज बिग्रेको त हो भन्ने सोच ज्यादा छ,’ चेम्जोङ भन्छन्, ‘ओलीलाई समाजले विगतका कुरामा सन्तोष मान्छ भन्ने थाहा छ। यसैले उनी कहिले अयोध्याको कुरा, कहिले त्रिशुलको कुरा त उठाएर सम्बन्धीत ठाउँको मानिसको मन जित्न खोज्छन्। यो कुरा चुतुर्‍याइँ मात्र हो।’

वामपन्थी राजनीतिमा दुई दशक बिताएका लेखक नारायण ढकाल भने ओलीले उखान, टुक्कामिश्रित भाषण गरेर महत्त्वपूर्ण मुद्दाबाट उम्किने बाटो खोज्ने गरेको टिप्पणी गर्छन्।  ‘समयको माग र  जनताको आवश्यकता एकातिर हुन्छ। केपी ओलीका कुरा अर्कोतिर हुन्छन्,’ ढकाल भन्छन्, ‘दक्षिण एसियाको राजनीतिमा यसरी अनावश्यक कुराको चर्चा गरेर जनमत विभाजन गर्ने काम बढी हुन्छ। ठाउँको, जातजातिको, धर्मको विरोधाभासपूर्ण कुरा गरेर मानिसको चेतना भुट्ने काममा ओलीले गरिरहेका छन्।’

ओलीसँगै चौध वर्ष जेल बसेका राधाकृष्ण मैनाली ओलीलाई वाचाल र चतुर मान्छन्। उनका अनुसार ओली जेलमा बस्दा बाहिरी पुस्तकहरू धेरै पढ्थे। त्यसबेला ओली धर्म-संस्कृति, कूटनीति, चुट्किला, उखान पढ्दा रोचक लागेका कुरा नोट गरेर राख्ने गरेको मैनाली बताउँछन्।

‘जुन विषय बढी चर्चामा जान्छ त्यसैसँग सम्बन्धित उखान–टुक्का र चुट्किला ओलीलाई थाहा भइसकेको हुन्छ। यो गुणलाई सही ठाउँमा उपयोग गरेको भए सबैलाई हित हुन्थ्यो। तर उनले वाक्पटुताको दुरुपयोग गर्न तिर लागे,’ मैनाली भन्छन्।

प्रकाशित: Apr 07, 2022| 20:43 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...