सोमबार, भदौ १, २०८३

यी हुन् २० देशका लागि सिफारिस भएका राजदूत [नामसहित]

सरकारले विभिन्‍न २० देशमा रिक्त रहेका दूतावासमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले १२ जना राजनीतिक दलको कोटाबाट र ८ जना परराष्ट्र सेवाबाट राजदूत नियुक्तिका लागि सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

काठमाडौं- सरकारले विभिन्‍न २० देशमा रिक्त रहेका दूतावासमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले १२ जना राजनीतिक दलको कोटाबाट र ८ जना परराष्ट्र सेवाबाट राजदूत नियुक्तिका लागि सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए। 

उनका अनुसार चीनका लागि विष्णुपुकार श्रेष्ठ र रुसका लागि मिलन तुलाधर नियुक्त गरेको छ। त्यसैगरी अस्ट्रेलियाको लागि कैलाश पोखरेललाई नियुक्त गरेको छ। 

राजदूहहरुको सूची

राजनीतिक दलबाट

१) विष्णुपुकार श्रेष्ठ- चीन

२) दानबहादुर तामाङ- दक्षिण अफ्रिका

३) शर्मिला पराजुली ढकाल- स्पेन

४) बाशुदेव मिश्र- श्रीलंका

५) मिलन तुलाधार- रुस

६) कैलाश पोखरेल- अष्टेलिया

७) डिल्लीराज पौडेल- मलेसिया

८) शान्ता रिजाल- इजरायल

९) ज्योति प्याकुरेल- दक्षिण कोरिया

१०) प्रा डा रामशुरज राय यादव- डेनमार्क

११) नवराज सुवेदी- साउदी अरव

१२) नरेश विक्रम ढकाल (देश खुलेको छैन)

परराष्ट्र सेवाबाट

१) घनश्याम भण्डारी

२ हरिशचन्द्र घिमिरे

३) तीर्थराज वाग्ले

४) डोरनाथ यादव (पासपोर्ट विभागका डिजि)

५) शुशिल कमार लम्साल

६) भरतकुमार रेग्मी

७) निर्मलराज काफले

८) दुर्गा बहादुर सुवेदी

प्रकाशित: Apr 07, 2022| 20:41 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...