काठमाडौं- मन्त्रिपरिषद्ले २० देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कूटनीतिक नियोगहरूका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको हो।
सत्ता गठबन्धनका १२ जना र परराष्ट्र सेवाका ८ कर्मचारीलाई राजदूतमा सिफारिस भएको एक मन्त्रीले जानकारी दिए।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय सरकारले गरेको थियो। यसपछि सरकारले राजदूत सिफारिस गर्न सकेको थिएन।