सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • हामीलाई कसैको सहारा आवश्यक छैन, एक्लै चुनाव लड्छौँ : हृदयेश त्रिपाठी

हामीलाई कसैको सहारा आवश्यक छैन, एक्लै चुनाव लड्छौँ : हृदयेश त्रिपाठी

जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले आफ्नो दलले एक्लै चुनाव लड्ने बताएका छन्। आगामी स्थानीय तहको चुनावमा कुनै पनि पार्टीसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने उनले बताएका छन्।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

बुटवल- जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले आफ्नो दलले एक्लै चुनाव लड्ने बताएका छन्। आगामी स्थानीय तहको चुनावमा कुनै पनि पार्टीसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने उनले बताएका छन्। 

बिहीबार भैरहवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष त्रिपाठीले आफूहरुलाई कसैको साहरा आवश्यक नभएको दाबी गरे। उनले कुनै पनि पार्टीमा वैचारिक बहस नभएको बताउँदै आफूहरुले आधारभूत वर्गको ऐजेन्डा बोकेर हिडेकाले एक्लै चुनाव जित्ने दाबी गरे। 

'नेपालका ६५ प्रतिशतभन्दा बढी किसानको हकहितको प्रतिनिधित्व गर्ने कुनै पनि पार्टी छैन। ती नागरिकको प्रतिनिधित्व जनता पार्टीले गर्छ। त्यसैले हामीले चुनाव जित्छौँ,' उनको भनाइ छ। 

विगतदेखि नेपाली राजनीतिको केन्द्रविन्दुको रुपमा राष्ट्रवाद रहेको तर देशभक्तिले खासै चर्चा नपाएको उनको भनाइ छ।  राष्ट्रपति, प्रधानमन्त्री, संघीय निर्वाचनका सांसदलाई विभिन्न अभियोग लगाएर हटाउन सकिने व्यवस्था भएपनि स्थानीय निर्वाचनबाट चुनिएका जनप्रतिनिधिलाई कुनै अभियोग लगाएर हटाउने व्यवस्था नभएकोले दलीय आधारमा निर्वाचन हुन नहुने धारणा व्यक्त गरे। 

प्रकाशित: Apr 07, 2022| 19:42 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...