सोमबार, भदौ १, २०८३

कांग्रेस प्रवक्ताले भने - टिकट भाग नआउला भनेर निराश हुनुहुन्‍न

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले सत्तारूढ दलहरुबीच स्थानीय तहको आसन्‍न चुनावमा गर्न लागिएको तालमेलले टिकट भाग नआउला भनेर निराश नहुन आग्रह गरेका छन्।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले सत्तारूढ दलहरुबीच स्थानीय तहको आसन्‍न चुनावमा गर्न लागिएको तालमेलले टिकट भाग नआउला भनेर निराश नहुन आग्रह गरेका छन्। 

नुवाकोटको सूर्यगढी गाउँपालिका–४ स्थित हल्देकालीमा रहेको कालिका माध्यमिक विद्यालयको आज आयोजित ६१औँ वार्षिकोत्सव कार्यक्रममा उनले तालमेलले राजनीतिक दलबीच सौहार्दपूर्ण वातावरण तयार गरेर कांग्रेसलाई नै फाइदा हुने भन्दै उम्मेदवारको टिकट भाग नपुग्ला भनेर निराश नहुन युवा पङ्क्तिलाई आग्रह गरे। 

'दलबीचको एकता अहिलेको आवश्यकता हो,' उनले भने, 'अवस्था अफ्ठ्यारो छ । सबै दल मिलेर सरकार सञ्चालन गरिरहेका छौँ । यसलाई कायम राख्न र अर्को चुनावसम्म गठबन्धनका उम्मेदवारलाई चुनाव जिताउन पार्टीहरुबीच गठबन्धन र तालमेल गर्न लागिएको हो।' 

स्थानीय तहको निर्वाचनमा दलबीच हुने तालमेलले पार्टीबाट उम्मेदवार संख्या कम हुँदा पदको भाग नआउला भनेर पदीय आकांक्षीलाई पार्टीले उठाएको र समर्थन गरेको उम्मेदवारलाई मत दिनुपर्ने उनको भनाइ छ ।

पार्टीले उठाएका उम्मेदवार आफ्नै पार्टीको वा अर्को पार्टीको भए पनि विश्वासघात नगरी समर्थन गरेको उम्मेदवारलाई विजय गराउनका लागि परिचालन हुन उनले निर्देशन दिए।

देशमा पछिल्लो समयमा बढिरहेको इन्धन र खाद्य सामग्रीको मूल्य वृद्धि नेपालको पहुँचबाहिर अर्थात अन्तर्राष्ट्रिय प्रभावका कारण भएकाले यसलाई रोक्न स्वदेशी सामग्रीको उपभोग बढाउन उनले सुझाव दिए। 

प्रकाशित: Apr 07, 2022| 19:24 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...