सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • भरतपुरको मेयर माओवादीलाई छाड्न नसक्ने भन्दै चितवन कांग्रेस नेताको दौडधुप

भरतपुरको मेयर माओवादीलाई छाड्न नसक्ने भन्दै चितवन कांग्रेस नेताको दौडधुप

नेपाली कांग्रेस चितवनका नेताहरूको टोलीले कांग्रेसका केन्द्रीय नेतासँग भेटघाट गरेको छ। आगामी स्थानीय निर्वाचनमा भरतपुरको मेयर पद नेकपा माओवादी केन्द्रलाई छाड्न नसकिने भएकाले त्यसमा शीर्ष तहमा दबाब दिनका लागि उनीहरू नेताहरूसँगको भेटघाटमा व्यस्त बनेका हुन्।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

काठमाडौं- नेपाली कांग्रेस चितवनका नेताहरूको टोलीले कांग्रेसका केन्द्रीय नेतासँग भेटघाट गरेको छ। आगामी स्थानीय निर्वाचनमा भरतपुरको मेयर पद नेकपा माओवादी केन्द्रलाई छाड्न नसकिने भएकाले त्यसमा शीर्ष तहमा दबाब दिनका लागि उनीहरू नेताहरूसँगको भेटघाटमा व्यस्त बनेका हुन्। 

चुनावी तालमेल भएपनि मेयर पद माओवादीलाई छाड्न नसकिने उनीहरुको साझा माग छ। हालसम्म चितवन कांग्रेसका नेताले आधा दर्जन केन्द्रीय नेता/पदाधिकारीहरूसँग भेट गरिसकेका छन्। 

नेपाली कांग्रेस चितवनका अध्यक्ष राजेश्वर खनालको नेतृत्वको प्रतिनिधिमण्डलमा पूर्वसभापति टेकप्रसाद गुरुङ, दिनेश कोइराला, कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, पूर्वसांसद जगन्नाथ पौडेल, निवर्तमान जिल्ला कमिटी सचिव उत्तम जोशीलगायत छन्। सत्तागठबन्धन दलहरुले आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेसँगै नेपाली कांग्रेस चितवनले भरतपुरको मेयर आफूले पाउनु पर्ने अडानलाई केन्द्रमा दबाब सिर्जना गरेको हो। 

प्रतिनिधि मण्डललले कांग्रेस नेता एवम् सत्तारुढ गठबन्धनले निर्माण गरेको स्थानीय तह चुनाव केन्द्रित तयारी तथा अनुगमन समितिका संयोजक रामचन्द्र पौडेललाई कांग्रेस चितवनले गरेको निर्णय बुझाएको छ। त्यसैगरी कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायतका नेताहरुसँग भेट गरेर आफ्नो कुरा राखेको जानकारी टोलीका एक सदस्यले जानकारी दिए। 

यो विषयमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई शुक्रबार भेटेर निर्णयको जानकारी दिइने कांग्रेस चितवनका एक पदाधिकारीले बताए। 

प्रकाशित: Apr 07, 2022| 18:49 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...