आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पदभार ग्रहण गर्दै कानुनमन्त्री बन्दीले भने- संक्रमणकालीन न्यायका काम अघि बढाउँछु

पदभार ग्रहण गर्दै कानुनमन्त्री बन्दीले भने- संक्रमणकालीन न्यायका काम अघि बढाउँछु

नवनियुक्त कानुनमन्त्री गोविन्द बन्दीले कानुन संशोधन गरेर संक्रमणकालीन न्यायका काम अघि बढाउने बताएका छन्। गोविन्दप्रसाद शर्मा कोइरालाले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन्।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

काठमाडौं- नवनियुक्त कानुनमन्त्री गोविन्द बन्दीले कानुन संशोधन गरेर संक्रमणकालीन न्यायका काम अघि बढाउने बताएका छन्। गोविन्दप्रसाद शर्मा कोइरालाले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। 

बिहीबार राष्ट्रपति विद्या भण्डारीबाट सपथग्रहण गरेलगत्तै मन्त्री कोइरालाले मन्त्रालयको पदभार ग्रहण गरेका हुन्। 

‘हिजो म फरक भुमिकामा थिएँ । आज राज्यको तर्फबाट ती कामहरु पूरा गर्ने जिम्मेवारीमा पुगेको छु । मन्त्रालयले गर्नसक्ने कुरा हामी गर्दछौँ । अन्तरिम संविधानपछिको जुन नयाँ संविधान बनायौँ । त्यो संविकान बनाउँदा के प्रतिज्ञाहरु भएको थियो, अन्तरिम संविधानले अगाडि सारेका कुराहरु मध्ये संक्रमणकालीन न्यायसँग सम्बन्धित केही कामहरु बाँकी थिए । त्यसलाई सम्पन्न गर्ने दायित्व राज्यको हो,' नवनियुक्त मन्त्री बन्दीले भने, 'त्यसमा धेरै कामहरु भएको छ र कतिपय कामहरु अझै पनि बाँकी छ । त्यसलाई टुंग्याउने प्रयोजनको लागि सर्वोच्च अदालतबाट विभिन्न मुद्दामा प्रतिवादित भएका सिद्धान्त, अन्तर्राष्ट्रिय कानूनका व्यवस्थाहरु, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधानमा हामीले अघि सारेका प्रस्तावनाहरु सबै कुरालाई हेरेर कानुन संशोधन नगरीकन अघि बढ्न सक्ने देखिँदैन।’

नवनियुक्त मन्त्री कोइरालाले संक्रमणकालीन न्यायसँग सम्बन्धित कामहरु सर्वोच्च अदालतबाट विभिन्न मुद्दामा प्रतिवादित भएका सिद्धान्त, अन्तर्राष्ट्रिय कानूनका व्यवस्थाहरु, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधानमा अघि सारेका प्रस्तावनाहरु लगायतका कुरालाई हेरी कानून संशोधन गरेर अघि बढ्नुपर्ने बताए।

कानुनबाट उद्योगको जिम्मेवारी पाएका दिलेन्द्र बडुले समेत आजै पदभार ग्रहण गरेका छन्। 

प्रकाशित: Apr 07, 2022| 17:22 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...