सोमबार, भदौ १, २०८३

बन्दीले लिए कानुनमन्त्रीको शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइराला (गोविन्द बन्दी)ले पद तथा गोपनीयताको शपथ लिएका छन्।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

काठमाडौं-  राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइराला (गोविन्द बन्दी)ले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मन्त्री कोइरालालाई शपथ दिलाएकी हुन्।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, संवैधानिक निकायका प्रमुखलगायत विशिष्ट पदाधिकारीको उपस्थिति रहेको थियो।

प्रधानमन्त्री देउवाको सिफारिसमा बन्दी मन्त्रीमा नियुक्त भएका हुन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटकसम्म गरेको संसद विघटनविरुद्ध रिट निवेदन दायरदेखि बहससम्मका गतिविधिमा बन्दी सक्रिय बनेका थिए। एमसीसीको व्याख्यात्मक घोषणाको मस्यौदा तयार पार्ने  काममा पनि बन्दी सक्रिय बनेका थिए। 

बन्दी माधवकुमार नेपाल निकट कानुन व्यवसायी मानिन्छन्। उनी गैरसांसद अवस्थामा नै मन्त्री बनेका हुन्। गैरसांसद व्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउने व्यवस्था छ। 

बन्दीलाई कानुनको जिम्मा दिइएपछि उद्योग मन्त्रालयको जिम्मेवारीमा दिलेन्द्रप्रसाद बडूलाई पठाइएको छ। 

प्रकाशित: Apr 07, 2022| 16:53 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...