सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सत्तारुढको साझा व्यक्तिका रूपमा बन्दीलाई मन्त्री बनाइएको हो : वेदुराम भुसाल

सत्तारुढको साझा व्यक्तिका रूपमा बन्दीलाई मन्त्री बनाइएको हो : वेदुराम भुसाल

नेकपा(एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले नवनियुक्त कानूनमन्त्री गोविन्द बन्दीलाई सत्तारुढ दलको साझा व्यक्तिको रुपमा मन्त्रिमण्डलमा समावेश गरिएको प्रष्टीकरण दिएका छन्।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

काठमाडौं- नेकपा(एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले नवनियुक्त कानूनमन्त्री गोविन्द बन्दीलाई सत्तारुढ दलको साझा व्यक्तिको रुपमा मन्त्रिमण्डलमा समावेश गरिएको प्रष्टीकरण दिएका छन्। भुसालले नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी)लाई सत्तारुढ दलको साझा व्यक्तिको रुपमा नियुक्त गरिएको बताएका हुन्। 

यसअघि सरकार बन्दा नै मन्त्रिपरिषद्मा कानुन व्यवसायीको प्रतिनिधित्व हुनुपर्ने चर्चा चलेको उल्लेख गर्दै उनले मन्त्री बन्दीलाई एकीकृत समाजवादीको कोटाबाट मन्त्री बनाउने प्रस्ताव आउँदा आफूहरुले पार्टीको कोटाबाट नभई साझा व्यक्तिको रुपमा लान आग्रह गरिएको उल्लेख गरे। महासचिव भुसालले गैरसांसदलाई ६ महिनाको लागि मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्था रहेकाले बन्दी मन्त्री भएको विषयमा विवाद गर्नु आवश्यक नरहेको उल्लेख गरे। 

‘उहाँलाई साझा व्यक्तित्वको रुपमा मन्त्रिमण्डलमा लैजाऔँ भन्नेकुरा पहिले पनि भएको थियो। खासगरी कन कानून व्यवसायी मध्येबाट प्रतिनिधित्व हुनुपर्छ भन्ने चर्चा जतिबेला प्रधानमन्त्री शेरबहादुर देउवाजीले मन्त्रिमण्डल बिस्तार गर्नुभयो त्यतिबेलै देखि थियो । विभिन्न कानून व्यवसायी साथीहरुबाट पनि, कानूनी क्षेत्रका विभिन्न नेता साथीहरुका नाम पनि आएका थिए। त्यसमध्ये एउटा गोविन्द बन्दीजीको पनि थियो,' उनले भने, 'हामीले त्यतिबेला चाहीँ पार्टीको कोटाबाट गोविन्दजीलाई राख्ने भन्ने ढंगले कुरा आएपछि हामीले उहाँलाई पार्टीको कोटाबाट होइन, साझा बनाएर लानुपर्छ भन्ने कुरा नै गरेका थियौँ। र बिचमा पनि उहाँलाई चाहीँ त्यो साझा बनाएर लाने भनेको अहिलेसम्म भएन किन भन्ने कुराहरु हुँदै नै आएका थिए। त्यसै सन्दर्भमा अहिले त्यो विषय अगाडी बढेको हो । गैरसांसदलाई छ महिनाको लागि मन्त्रि बनाउन सकिने संवैधानिक व्यवस्था छ। संविधानले दिने विषय भएको हुनाले अथवा संविधान अनुसार गर्न मिल्ने भएको हुनाले त्यसमा विवाद गर्नुपर्ने त कुनै विषय नै छैन नि।’

गोविन्द प्रसाद शर्मा कोइराला(गोविन्द बन्दीलाई) बिहीवार नै राष्ट्रपति विद्यादेवी भण्डारीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गरेकी हुन्।


प्रकाशित: Apr 07, 2022| 15:44 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...