आइतबार, मंसिर ७, २०८२

सदस्य-सचिव घिसिङले कार्यभार सम्हाले

राखेपका तत्कालीन सदस्य–सचिव रमेशकुमार सिलवालले आफूलाई जिम्मेवारी मुक्त गरेको र नयाँ सदस्य–सचिव नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार कार्यभार सम्हालेका छन्। मन्त्री परिषद्को मंसिर १३ गतेको निर्णयानुसार घिसिङ सदस्य–सचिवमा नियुक्त भएका थिए।

National life

राखेपका तत्कालीन सदस्य–सचिव रमेशकुमार सिलवालले आफूलाई जिम्मेवारी मुक्त गरेको र नयाँ सदस्य–सचिव नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सो रिट उपर मंसिर ३० गते न्यायधीश हरि फुयाँलको एकल इजलासले सदस्य–सचिव नियुक्ति प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन आदेश जारी गरेपछि सदस्य–सचिव घिसिङ राखेपमा अनुपस्थित थिए। मन्त्री परिषद्को कात्तिक १ गतेको निर्णयले सदस्य–सचिव सिलवाललाई जिम्मेवारी मुक्त गरेको थियो।

चैत २२ गते सर्वोच्चका न्यायधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले सिलवालको रिट खारेज गरेपछि सदस्य–सचिव घिसिङलाई काममा फर्कन बाटो खुलेको हो। तीन महिना तीन हप्तापछि सदस्य–सचिव घिसिङ काममा फर्केका हुन्।

कार्यभार सम्हालेपछि सदस्य–सचिव घिसिङले भने, ‘नेपाल खेलकुदका लागि यो अवधि सकसपूर्ण र पीडादायी भो। यसले खेलकुद क्षेत्रमा अपूर्णिय क्षति पुगेको छ। यो बिचमा नेपाली खेलकुद जति तीव्र रुपले अगाडि बढ्नु पर्ने हो त्यसमा अवरोध भएको छ। अब त्यो अवरोधलाई चिर्दै खेलकुदलाई चलायमान बनाउन अगाडि बढ्ने छु।’ त्यसअघि राखेपका उपाध्यक्ष शिव कोइराला, निमित्त सदस्य–सचिव कुलबहादुर थापा, विभागीय प्रमुख, शाखा प्रमुख, खेलाडी, प्रशिक्षक, कर्मचारीलगायतले सदस्य–सचिव घिसिङको स्वागत गरेका थिए।

Laxmi sunrise bank
kumari

थापाको राजिनामा

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का वरिष्ठ अधिकृत कुलबहादुर थापाले राजिनामा दिएका छन्। उनले घरायसी कारण जनाउदै बुधबार राखेपमा राजिनामाको निवेदन दिएका हुन्।

थापाले राखेपमा सदस्य–सचिवको अनुपस्थितिमा निमित्त सदस्य–सचिवको कार्यभार सम्हालेका थिए। थापालाई गत फागुन ४ गते युवा तथा खेलकुद मन्त्रालयले कार्यकारी अधिकारसहित निमित्त सदस्य–सचिवको जिम्मेवारी दिएको  थियो।

त्यसबेला तत्कालीन सदस्य–सचिव रमेशकुमार सिलवालको बर्खास्ती र नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङको नियुक्तिका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्धा विचाराधिन रहेको अवस्थामा थापाले निमित्त सदस्य–सचिवको जिम्मेवारी पाएका हुन्। त्यसअघि थापा राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख थिए।

करिब २६ वर्षअघि (२०५२ साल भदौ ८ गते) थापा राखेपमा अधिकृत तृतीय श्रेणीमा राखेप सेवामा प्रवेश गरेका थिए। थापाले राखेप मातहतका प्रशासन विभाग, खेलकुद विकास विभाग र खेलकुद प्रतियोगिता तथा योजना विभागमा प्रमुख भइ कार्य गरेका थिए। प्रचार प्रसार शाखा, कर्मचारी प्रशासन शाखालगायत विभिन्न शाखामा पनि प्रमुख भइ काम गरेको अनुभव थापासंग छ।

समारोह विज्ञका रुपमा परिचित अधिकृत द्वितीय श्रेणीका थापाले पाँचौंदेखि आठौं राष्ट्रिय खेलकुदको समारोह उपसमितिको महत्वपूर्ण जिम्मेवारीमा रहि काम गरेका छन्। नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा थापाले समारोह निर्देशकको महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए।

प्रकाशित: Apr 07, 2022| 08:55 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।