आइतबार, मंसिर ७, २०८२

आईपीएलमा कोलकत्ता र मुम्बई भिड्दै

जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकत्ता नाइट राइडर्सले मुम्बई इन्डियन्ससँग भिड्दैछ।
 |  बुधबार, चैत २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २३, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकत्ता नाइट राइडर्सले मुम्बई इन्डियन्ससँग भिड्दैछ। खेल नेपाली समय अनुसार बेलुकी पौने आठ बजे महाराष्ट्र क्रिकेट एसोसिएसनको मैदान पुनेमा हुनेछ।

कोलकत्ता अहिलेसम्म ३ खेल खेल्दा दुई खेलमा जित र एक खेलमा हार व्यहोर्दै ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने मुम्बई २ खेल खेल्दासम्म जितविहीन रहँदै कुनै अंक जोड्न सकेको छैन्। कोलकत्ताको कप्तानी श्रेयस ऐयरले गर्दैछन् भने मुम्बईको रोहित शर्माले। मुम्बई इन्डियन्स आईपीएलमा सबैभन्दा सफल टोली हो। उसले पाँच पटक प्रतियोगिताको उपाधि जितिसकेको छ। कोलकत्ताले पनि दुई पटक उपाधि जितिसकेको छ।

आजको खेल जिते कोलकत्ता तालिकाको शीर्ष स्थानमा उक्लिनेछ। अंकविहीन मुम्बई आजको खेल जितेर अंक तालिकमा खाता खोल्ने दाउमा छ। राजस्थान रोयल्स ३ खेल खेल्दै ४ अंकका साथ तालिकाको शीर्षस्थानमा रहेको छ। समान खेल र समान अंक भए पनि रेट रनरेटको आधारमा राजस्थान कोलकत्ता भन्दा अगाडि रहेको छ।

प्रकाशित: Apr 06, 2022| 15:06 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।