आइतबार, मंसिर ७, २०८२

आईपीएलमा राजस्थानमाथि बैंगलोरको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्समाथि जित निकालेको छ। वांखडे रंगशालामा मंगलबार राति सम्पन्न भएको खेलमा बैंगलोरले राजस्थानमाथि चार विकेटको जित निकालेको हो।
 |  बुधबार, चैत २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २३, २०७८

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्समाथि जित निकालेको छ। वांखडे रंगशालामा मंगलबार राति सम्पन्न भएको खेलमा बैंगलोरले राजस्थानमाथि चार विकेटको जित निकालेको हो।

National life

पहिले ब्याटिङ गरेको राजस्थानले पुरा ओभर खेल्दै तीन विकेट गुमाएर १६९ रन बनाएको थियो। जवाफमा पाँच बल बाँकी रहँदै बैगलोरले १७० रनको लक्ष्य १७३ रन बनाएर पुरा गरेको थियो।

जारी आईपीएलमा बैंगलोरले निकालेको यो दोस्रो जितसमेत हो। यता सुरुका दुवै खेलमा जित निकालेर शीर्षस्थानमा रहेको राजस्थानले भने तेस्रो खेलमा पहिलो हार बेहोरेको हो। अब आईपीएलमा समान ४,४ अंक बनाउने टिमको संख्या छ पुगेको छ। त्यस्तै, दिल्ली क्यापिटलको दुई अंक छ भने चेन्नई र हैदराबादले खाता खोल्न सकेका छैनन्।

गएराति बैंगलोरलाई जित दिलाउन सहबाज अहमदले ४५ र दिनेश कात्र्तिकले ४४ रनको योगदान दिए, विराट कोहली डेविड विले भने क्रमशः ० र ५ रनमा आउट भएका थिए।

त्यसक्रममा राजस्थानका ट्रेन्ट बोल्ट र युजवेन्द्र चहलले समान २–२ विकेट लिए।

Laxmi sunrise bank
kumari

त्यसअघि राजस्थानका जस बटलरले ७० रन बनाएका थिए भने देवदत्त पडिक्कलले ३७ रनको योगदान दिए। बैंगलोरका डेविड विले, वानिन्दु हसरंगा र हर्षल पटेलले समान १,१ विकेट गिराए।

आज रातिको आईपीएलमा कोलकत्ता नाइट राइडर्स र मुम्बई इन्डियन्स भिड्दैछन्। आईपीएलमा कोलकत्ताले तीन खेलबाट चार अंक बनाएको छ भने दुई खेलमा सहभागिता जनाएको मुम्बईको शून्य अंक छ।

प्रकाशित: Apr 06, 2022| 08:39 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।