काठमाडौं- नेपाली राष्ट्रिय फुटसल टिम किर्गिस्थानको राजधानी बिस्केक पुगेको छ। मंगलबार दिउँसो त्रिभुवन विमानिस्थलबाट प्रस्थान गरेको नेपाली टिम बुधबार बिहान सवा पाँच बजे बिस्केकको मनस विमानिस्थल पुगेको हो।
अब नेपाली टिमले आउँदो अप्रिल १०, ११ र १२ तारिखमा एएफसी एसिया छनोटका तीन खेल्नेछ। सोहि खेलका लागि नेपाल आज बिस्केक आइपुगेको हो। नेपाली टिमले बुधबार बिहान कोभिड–१९ (पीसीआर टेस्ट) टेस्ट गर्नेछ भने साँझ पाँच बजेबाट अभ्यास सुरु गर्नेछ।
नेपालले आफ्नो पहिलो खेल अप्रिल १० मा उज्वेकिस्तानसँग खेल्नेछ भने अप्रिल ११ मा ताजिकिस्तानसँग खेल्नेछ। फाइनल खेल अप्रिल १२ मा अफगानिस्तानसँग हुनेछ। सबै खेल किर्गिस्तानको बिस्केकस्थित गाजप्रोम स्पोर्ट्स कम्प्लेक्समा हुनेछ।
खेलाडीः अनिश श्रेष्ठ, विश्वास पौडेल, आदिल हमिद, विजय श्रेष्ठ, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, क्रिजल खड्का, मणिकुमार लामा, रोशन छन्त्याल, सरोज तामाङ, सुमित श्रेष्ठ, सुरज गुरुङ, उर्केन जाङ्बु शेर्पा
पदाधिकारीः गौरव बस्नेत (मुख्य प्रशिक्षक), आदर्शकुमार सिंह (टीम चिकित्सक), महेशकुमार श्रेष्ठ (टिम अफिसियल), प्रकाश पंगेनी (टिम अफिसियल), रमेश कार्की (टिम अफिसियल), मिलन गुरुङ (टिम अफिसियल), मुकुन्द घिमिरे (पत्रकार) विनय ज्योति सापकोटा (पत्रकार)