आइतबार, मंसिर ७, २०८२

एएफसीको प्रिलिमिनरी छनोटमा मछिन्द्र र ब्लुस्टार भिड्दै

एसियाली क्लबहरुको दोस्रो श्रेणीको एसिया कपको प्रिलिमिनरी छनोटमा आज मछिन्द्र क्लबले श्रीलंकाको ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दैछ।
 |  मंगलबार, चैत २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २२, २०७८

काठमाडौं– एसियाली क्लबहरुको दोस्रो श्रेणीको एसिया कपको प्रिलिमिनरी छनोटमा आज मछिन्द्र क्लबले श्रीलंकाको ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दैछ। नेपालको सहिद स्मारक ए डिभिजन लिग विजेता क्लब मछिन्द्रले श्रीलंकाको सुपर लिग विजेता क्लबसँग प्रतिस्पर्धा गर्न लागेको हो।

National life

आज दिउँसो ५ बजे सुरु हुने खेलमा जितको लक्ष्यसहित मैदान पस्ने मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल बताउँछन्। ‘एएफसी कप खेल्नको लागि हाम्रो कात्तिकदेखिकै तयारी हो। हामी यो छनोट पार गर्दै एएफसी कपको समूह चरणमा पुग्न चाहन्छौं,’ मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने।

त्यस्तै, लिग सकिएपछि तयारी उस्तै रहेको कप्तान सुजल श्रेष्ठले बताएका छन्। ‘हाम्रो पहिलो लक्ष्य नै एएफसी खेल्ने थियो। छनोट खेल्न सफल भएका छौं। अहिले लिग सकिएपछि पनि हामीले तयारी गरिरहेका नै थियौँ। लक्ष्य भनेको समूह चरणमा पुग्ने नै हो,’ श्रेष्ठले भने।

प्रशिक्षक प्रवेश कटुवालले लिग खेलेको टिमलाई नै निरन्तरता दिएको बताए। उनले श्रीलंकाको टिमबारे पनि अध्ययन गरेको बताएका छन्। ‘त्यहाँको सुपर लिग खेल्ने टिम रहेछ। ब्लुस्टार च्याम्पियन रहेछ। मैले उसको चार पाँच ओटा खेल हेरेको छु। उसको सेट टिम रहेछ,’ प्रशिक्षक कटुवालले भने।

प्रशिक्षकले घरेलु मैदानमा दर्शकका साथ जित निकाल्न दबाब रहेको पनि बताएका छन्। तर उनी त्यसलाई पन्छाएर जान तयार भएको बताउँछन्। ‘मछिन्द्रले खेल्नु भनेको नेपाली फुटबलको लागि पनि राम्रो हो। मछिन्द्रका साथै नेपाली फुटबलका हामीले राम्रो खेल्नुपर्छ,’ कटुवालले भने।

Laxmi sunrise bank
kumari

तर मछिन्द्रले लिगमा राम्रो गरे पनि मोफसलमा आयोजना भएका गोल्डकपमा भने राम्रो प्रदर्शन गर्न सकेन। उसले खप्तड गोल्डकप र सर्लाहीमा आयोजना भएको गोल्डकप खेलेको थियो।

तर उसले विर्सनलायक खेल प्रदर्शन गर्यो। प्रशिक्षकले मैदानको कारण राम्रो खेल्दाखेल्दै पनि हार बेहोर्नु परेको बताएका छन्। अहिले मछिन्द्रका खेलाडीलाई चोटले सताएको छैन्। तर, लिगको १० औं चरणमा घाइते भएका सुनिल बलले त्यसयता खेल्न पाएका छैनन्। त्यसैले उनको खेल लयबारे शंका गर्ने ठाउँ रहेको प्रशिक्षक कटुवालले खेलअघि आयोजित पत्रकार सम्मेलनमा बताएका छन्।

यसअघि नेपाली टिमले थाइल्यान्डमा मैत्रीपूर्ण खेल खेल्दा मछिन्द्रले यही खेलका लागि भने आफ्ना खेलाडी रिलिज गरेको थिएन। यसबारे सोधिएको प्रश्नबारे प्रशिक्षक कटुवाल जवाफ दिन्छन्, ‘एन्फा र क्लबको सहमतिमै हामीले रिलिज नगरेको हो। हाम्रो यो खेल पनि महत्वपूर्ण नै छ। अभ्यासको लागि हामीले टिमलाई रिलिज नगरेको हो।’

यता श्रीलंकामा अहिले आर्थिक संकट छ। त्यसको बाबजुद पनि ब्लु स्टार फुटबल खेल्नका लागि नेपाल आइपुगेको हो। संकट भए पनि राम्रो तयारी गरेको प्रशिक्षक राजामानीले बताएका छन्।

प्रकाशित: Apr 05, 2022| 09:30 मंगलबार, चैत २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।