आइतबार, मंसिर ७, २०८२

बोलोग्नासँग बराबरीमा रोकियो एसी मिलान

इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा रहेको एसी मिलान बराबरीमा रोकिएको छ।
 |  मंगलबार, चैत २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २२, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा रहेको एसी मिलान बराबरीमा रोकिएको छ। घरेलु मैदानमा मिलान बोलोग्नासँग गोलरहित बराबरीमा रोकिएको हो।

घरेलु मैदान मिलानोमा सोमबार राति भएको खेलमा मिलानले पाहुना टोलीलाई दबाबा राखे पनि गोल गर्न चुक्दा बराबरीमा रोकिन बाध्य भयो। बोलोग्नाले पनि केही मौका गुमाउँदा जित निकाल्न सकेन।

यो बरारबीसँगै शीर्ष स्थानमा रहेको मिलानले एक अंकको अग्रता लिन सफल भएको छ। मिलानको ३१ खेलबाट ६७ अंक छ। समान खेलबाटै दोस्रो स्थानमा रहेको नेपोलीको ६६ तथा एक खेल कम खेलेको इन्टर मिलानको ६३ अंक छ। मिलानलाई रोकेको बोलोग्ना ३० खेलबाट ३४ अंक जोडेर १२औं स्थानमा रहेको छ।

प्रकाशित: Apr 05, 2022| 08:39 मंगलबार, चैत २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।