आइतबार, मंसिर ७, २०८२

आईपीएलमा लखनउको दोस्रो जित, हैदरावादको दोस्रो हार

सनराइजर्स हैदरावादलाई १२ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेटमा लखनउ सुपर जायन्टले दोस्रो जित निकालेको छ।
 |  मंगलबार, चैत २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २२, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- सनराइजर्स हैदरावादलाई १२ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेटमा लखनउ सुपर जायन्टले दोस्रो जित निकालेको छ।

हैदरावादको भने यो लगातार दोस्रो हार हो। सोमबार राति मुम्बईमा भएको खेलमा लखनउले दिएको १७० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १५७ रनमात्र बनाउन सक्यो।

हैदरावादका राहुल त्रिपाठीले ४४ रन जोड्दा निकोलस पुरणले ३४ रन बनाए। लखनउका आभेस खानले ४ तथा जासन होल्डरले सर्वाधिक ३ विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १६९ रनको योगफल तयार पारेको थियो। लखनउका कप्तान केएल राहुलले सर्वाधिक ६८ रन बनाए। दीपक होडाले ५१ रनको अर्धशतकीय इनिङ खेले।

प्रतियोगितामा लखनउ ३ खेलबाट ४ अंक जोडेर पाँचौं स्थानमा छ। बिना कुनै अंकको हैदरावाद पुछारमा छ।

प्रकाशित: Apr 05, 2022| 08:28 मंगलबार, चैत २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।