आइतबार, मंसिर ७, २०८२

प्लेयर अफ दि सिरिज बने दीपेन्द्र, बेस्ट बलर करण

जारी त्रिदेशीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्रसिंह ऐरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन्।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

काठमाडौं– जारी त्रिदेशीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्रसिंह ऐरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन्।

National life

प्रतियोगिताको दौरान दुई अर्धसतक र एक सतक बनाएका उनी सबैभन्दा उत्कृष्ट खेलाडी चुनिए।

उनले पीएनजीविरुद्धको पहिलो खेलमा चार रन बनाएका थिए। पीएनजीविरुद्धका पछिल्लो बाँकी दुई खेलमा भने क्रमशः ६६ र अविजित ५४ रन बनाएका छन्।

त्यस्तै, उनले मलेसियाविरुद्ध पहिलो खेलमा २१ र दोस्रो खेलमा ११० रन बनाएका थिए।

उनले सिरिजका दौरान कुल २५५ रन बनाए। त्यस्तै, प्रतियोगिताका पाँच खेलमा बलिङ गरेका उनले सात विकेट गिराएका छन्। त्यस्तै प्रतियोगिताको उत्कृष्ट बलर करण केसी बनेका छन्। उनले मलेसियाविरुद्ध ह्याट्रिकसहित पाँच विकेट लिएका थिए। समग्रमा उनले १३ विकेट लिएका छन्।

Laxmi sunrise bank
kumari

त्यस्तै, प्रतियोगिताको उत्कृष्ट ब्याटर बने पीएनजीका टोनी उरा। फाइनल खेलमा शून्य रनमा आउट भएका उनले त्यसअघिका खेलमा क्रमशः ८६, ४३, ५६ र ५ रन बनाएका थिए।

प्रकाशित: Apr 04, 2022| 17:32 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।