आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • सिरिज जितेपछि कप्तान सन्दीपले भने– सबैको आइडिया सेयर गरेर टिम अघि बढिरहेको छ

सिरिज जितेपछि कप्तान सन्दीपले भने– सबैको आइडिया सेयर गरेर टिम अघि बढिरहेको छ

फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई ५० रनले हराएपछि नेपाली टिमका कप्तान सन्दीप लामिछानेले यो जित सबै खेलाडीको सामूहिक प्रयासले सम्भव भएको बताएका छन्।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

काठमाडौं– फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई ५० रनले हराएपछि नेपाली टिमका कप्तान सन्दीप लामिछानेले यो जित सबै खेलाडीको सामूहिक प्रयासले सम्भव भएको बताएका छन्।

National life

कीर्तिपुरमा जारी त्रिदेशीय टी २० सिरिज अन्तर्गत सोमबारको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पपुवा न्युगिनीलाई १६९ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

जवाफमा पीएनजी ११८ रन बनाउँदै अलआउट भएपछि नेपालले जित निकालेको हो। नेपाल अपराजित रहेर फाइनल पुगेको थियो।

‘खुसी छु। प्रतियोगिता सोचेजस्तै भयो। म सबै कुराबाट खुसी हुने मान्छे। हामीले यो सुन्दर उपाधि जित्यौँ। फरक फरक तीन चार जनाले टिममा राम्रो खेल्दै आइरहेका छन्,’ आफ्नो कप्तानीमा पहिलो उपाधि जितेपछि नेपाली टिमका कप्तान  लामिछानेले भने।

उनले थपे, ‘खेलाडीका हिसाबमा र कप्तानको हिसाबमा जित्न पाउँदा खुसी लागेको छ। यो उपाधिको क्रेडिट सबै खेलाडीलाई जान्छ। आज केही विकेट फरक थियो। अर्को टिमलाई क्याचअप गर्न दिएनौँ। यसको क्रेडिट सबैले लिनुपर्छ।’

Laxmi sunrise bank
kumari

नेपालले गत वैशाखमा पनि कीर्तिपुरको मैदानमा नेदरल्यान्ड्सलाई हराउँदै त्रिदेशीय सिरिजको उपाधि जितेको थियो।  ‘पछिल्लो वर्ष पनि जितेको हो। विश्व क्रिकेट लिगमा पनि राम्रो नै भइरहेको छ। ओमनमा चाहिँ अन्तिम खेलमा यूएईसँग हार बेहोरेर बाहिरिनु परेको थियो,’ अहिलेको नेपाली टिमबारे कप्तान लामिछानेले भने।

उनले घरेलु मैदानमा र विदेशी भूमिमा कप्तानी गर्नुमा कुनै फरक नरहेको पनि बताएका छन। उनले सबै समर्थकलाई धन्यवाद दिए। ‘सबैले सपोर्ट गरिरहेका छन्। सबैको आइडिया सेयर गरेर टिम अघि बढिरहेको छ। मैदानबाहिर देखिएको विवादको बारेमा म केही बोल्न चाहँदिन,’ उनले भने।

त्यस्तै, पीएनजीका प्रशिक्षक कार्ल्सले नेपालमा समर्थकको उपस्थिति राम्रो हुने र नेपाल टिम बलियो भएको बताए। ‘यहाँ समर्थकको संख्या निकै राम्रो छ। समर्थकको उपस्थिति लोभलाग्दो रहेछ। नेपाल बलियो टिम हो। हाम्रो ब्याटिङ राम्रो भएन र हामीले जित निकाल्न सकेनौँ। हामीले मध्यम लक्ष्य पाए पनि भेट्न सकेनौँ,’ उनले भने।

उनले थपे, ‘यो सिरिजमा धेरै सकारात्मक कुरा रहे। हामीले एक दिवसीय र टी २० दुवै खेल्यौं। ब्याटिङ टिम धेरै बलियो रहेछ। चार खेलले हामीलाई धेरै सिकाएको छ।’

प्रकाशित: Apr 04, 2022| 17:21 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।