आइतबार, मंसिर ७, २०८२

त्रिदेशीय सिरिजको उपाधि नेपाललाई

सोमबारको खेलमा नेपालले ५० रनले पपुवा न्यु गिनीलाई हराएको हो।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

काठमाडौं- नेपाल, पपुवा न्यु गिनी (पीएनजी) र मलेसियाबीचको त्रिदेशीय टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ।  सिरिजको अन्तिम खेलमा पपुवा न्यु गिनीलाई हराउँदै नेपालले उपाधि जितेको हो। 

National life

सोमबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपालले ५० रनले पपुवा न्यु गिनीलाई हराएको हो। 

नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको पीएनजीले १६ ओभर १ बलमा अलआउट हुँदै १ सय १८ रन मात्र बनाउन सक्यो। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ५४ रनको अर्धशतकीय इनिङ खेले। उनले ३८ बलमा अविजित ५ चौका प्रहार गरेका थिए। टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा उनले एक हजार रन पूरा गरेका छन्। 

करण केसीले अविजित रहँदै ३३ रन बनाए। दीपेन्द्र र करणले ५४ रन जोडेका थिए। ओपनर कुशल भुर्तेल र आसिफ शेखले २५ र २९ रनको योगदान गरे। 

Laxmi sunrise bank
kumari

नेपालले ११ ओभरमा २ विकेट गुमाएर ८२ रन बनाएको थियो। तर १२औं ओभरमा नेपालले रन नजोडी ३ विकेट गुमाएपछि पीएनजीले पकड जमाएको थियो।

सन्दीप लामिछानेले नेपाली टिमको कप्तानी सम्हालेपछि नेपालले पहिलो पटक उपाधि जितेको हो। नेपालले अपराजित रहँदै सिरिजको उपाधि जितेको हो।

प्रकाशित: Apr 04, 2022| 15:48 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।