आइतबार, मंसिर ७, २०८२

नेपालले पीएनजीलाई दियो मध्यम लक्ष्य

कीर्तिपुरमा जारी त्रिदेशीय टी २० सिरिज अन्तर्गत सोमबारको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पपुवा न्युगिनीलाई १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

काठमाडौं– कीर्तिपुरमा जारी त्रिदेशीय टी २० सिरिज अन्तर्गत सोमबारको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पपुवा न्युगिनीलाई १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले पुरा २० ओभर खेल्दै छ विकेट गुमाएर १६८ रन बनाउँदै १६९ रनको लक्ष्य दिएको हो।

National life

चार ओभर चार बलमा ३७ रन बनाउँदै पहिलो विकेट गुमाएको नेपालले पाँच ओभर पाँच बलमा अर्को विकेट गुमाएको हो। त्यस्तै, ११ ओभर एक बलमा ८२ रन बनाएको अवस्थामा नेपाले अर्को ओपनर आसिफ शेखलाई गुमाएको थियो।

चौथो नम्बरमा मैदान आएका दिपेन्द्र सिंह ऐरी भने ३८ बलमा अविजित रहँदै ५४ रन बनाएका छन्। त्यस्तै, आठौं नम्बरमा आएका करण केसीले पनि ३३ रन बनाएपछि नेपालले १६८ रन बनाएको हो। यसबाहेक मोहम्मद आदिल आलमले १५ रन बनाए।

आज साढे १२ बजेबाट सुरु भएको खेलमा नेपालले टस हारेर ब्याटिङको अवसर पाएको थियो। जहाँ नेपालका ओपनर कुशल भुर्तेलले २२ बलमा २५ रन बनाएर आउट भए। ओपनिङमा आशिफ शेख र कुशलले ३७ रनको साझेदारी गरेका हुन्।

तेस्रो नम्बरमा मैदान पसेका रोहित पौडेल पनि तीन बलमा दुई रन बनाएर आउट भए।

Laxmi sunrise bank
kumari

कुशललाई काउबा मोरियाले आउट गराएका थिए भने रोहितलाई हेकुरेले पेवेलियन फर्काएका थिए। यससँगै नेपालले छ ओभर सुरु हुँदा दुई विकेट गुमाएर ४४ रन बनाएको छ। अर्का ओपनर आसिफ चाहिँ २९ बलमा २९ रन बनाएर आउट भए।

प्रतियोगितामा अपराजित रहँदै फाइनल पुगेको नेपालले आजको खेलमा पनि जित निकाल्दै उपाधि जित्न चहान्छ। यदी नेपालले आजको खेलमा उपाधि जिते नेपालले सन्दिप लामिछानेको कप्तानीमा जितेको यो पहिलो उपाधि पनि हुनेछ।

सिरिजमा सम्मिलित तीन देशमध्ये मलेसियाल भने समूह चरणबाट बाहिरिसकेको छ। उसले पीएनजीविरुद्ध एक खेलमा जित निकाले पनि रन रेटमा पछि पर्दै प्रतियोगिताबाट बाहिरिएको हो।

यता नेपाली ब्याट्स्मेन दिपेन्द्र सिंह ऐरीले एक हजार रन पुरा गरेका छन्। उनले आज ५४ रन बनाउँदै १०३३ रन बनाएका छन्। टी २० आईमा एक हजार रन पुरा गर्ने दिपेन्द्र पहिलो खेलाडीसमेत हुन्।

प्रकाशित: Apr 04, 2022| 14:13 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।