आइतबार, मंसिर ७, २०८२

फाइनलमा नेपालको कमजोर सुरुआत, कुशलसँगै रोहित पनि आउट

कीर्तिपुरमा जारी त्रिदेशीय टी २० सिरिज अन्तर्गत सोमबारको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले दोस्रो विकेट पनि गुमाएको छ।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

काठमाडौं – कीर्तिपुरमा जारी त्रिदेशीय टी २० सिरिज अन्तर्गत सोमबारको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले दोस्रो विकेट पनि गुमाएको छ।

National life

चार ओभर चार बलमा ३७ रन बनाउँदै पहिलो विकेट गुमाएको नेपालले पाँच ओभर पाँच बलमा अर्को विकेट गुमाएको हो।

आज साढे १२ बजेबाट सुरु भएको खेलमा नेपालले टस हारेर ब्याटिङको अवसर पाएको थियो। जहाँ नेपालका ओपनर कुशल भुर्तेलले २२ बलमा २५ रन बनाएर आउट भएका छन्। ओपनिङमा आशिफ शेख र कुशलले ३७ रनको साझेदारी गरेका हुन्।

तेस्रो नम्बरमा मैदान पसेका रोहित पौडेल पनि तीन बलमा दुई रन बनाएर आउट भए। कुशललाई काउबा मोरियाले आउट गराएका थिए भने रोहितलाई हेकुरेले पेवेलियन फर्काएका थिए। यससँगै नेपालले छ ओभर सुरु हुँदा दुई विकेट गुमाएर ४४ रन बनाएको छ। अर्का ओपनर आसिफले अहिलेसम्म १६ रन बनाएका छन्

प्रतियोगितामा अपराजित रहँदै फाइनल पुगेको नेपालले आजको खेलमा पनि जित निकाल्दै उपाधि जित्न चहान्छ। यदी नेपालले आजको खेलमा उपाधि जिते नेपालले सन्दिप लामिछानेको कप्तानीमा जितेको यो पहिलो उपाधि पनि हुनेछ।

Laxmi sunrise bank
kumari

सिरिजमा सम्मिलित तीन देशमध्ये मलेसियाल भने समूह चरणबाट बाहिरिसकेको छ। उसले पीएनजीविरुद्ध एक खेलमा जित निकाले पनि रन रेटमा पछि पर्दै प्रतियोगिताबाट बाहिरिएको हो।

प्रकाशित: Apr 04, 2022| 13:04 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।