आइतबार, मंसिर ७, २०८२

बार्सिलोना उक्लियो स्पेनिस लिगाको दोस्रो स्थानमा

स्पेनिस क्लब बार्सिलोना पहिलो पटक घरेलु लिग ला लालिगाको दोस्रो स्थानमा उक्लिएको छ।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

काठमाडौं- स्पेनिस क्लब बार्सिलोना पहिलो पटक घरेलु लिग ला लालिगाको दोस्रो स्थानमा उक्लिएको छ।

National life

सिजनको २९औं चरणअन्तर्गत आइतबार राति भएको बार्सिलोना र सेभियाबिचको खेलमा सेभियालाई १-० ले हराउँदै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिन सफल भएको हो।

नेपाली समय अनुसार सोमबर बिहान घरेलु मैदान क्याम्प नोउ रंगशालामा भएको खेलमा बार्सिलोनालाई जिताउन एक मात्रै  गोल पेड्रले गरेका थिए। उनले खेलको ७२औं मिनेटमा गरेको गोल नै बार्सिलोनाको जितका लागि निर्णायक बन्यो।

स्पेनिस युवा पेड्रिले बक्स लाइनमा सेभियाका खेलाडिलाई उत्कृष्ट ढंगले छक्याउँदै हानेको रकेट सटले सिँधै जालि चुमेको थियो। निकै प्रतिस्प्रधात्मक भएको खेलमा बार्सिलोनाले सेभियामाथि आक्रमक खेल प्रस्तुत गरे पनि एक गोल मात्रै गर्न सक्यो।

सेभियलाई हराएपछि बार्सिलोना २९ खेल बाट ५७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। लिग लिडर रियलभन्दा १२ अंकले पछि परे पनि उसले एक खेल कम खेलेको छ। अन्य खेलमा पनि जित निकाले अंक दूरी एकमा झार्ने छ।

Laxmi sunrise bank
kumari

यता, बार्सिलोनासँगको खेलअघि दोस्रो स्थानमा रहेको सेभिया पराजयसँगै चौथोस्थानमा झरेको छ। तेस्रो स्थानमा एथ्लेटिको मड्रिड छ।

लिगमा बार्सिलोना १३औं खेलबाट अपराजित रहेको छ। यसअघिको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई ४-० को फराकिलो अन्तरले हराएको थियो। अब बार्सिलोनाको खेल लेभान्तेसँग अप्रिल ११ मा हुनेछ।

प्रकाशित: Apr 04, 2022| 12:03 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।