आइतबार, मंसिर ७, २०८२

उपाधिको पर्खाइमा कप्तान सन्दीप अनि नेपाली टिम

त्रिदेशीय टी-२० सिरिजअन्तर्गत आज नेपालले कीर्तिपुरको टियू क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध फाइनल खेल खेल्दैछ।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

काठमाडौं- त्रिदेशीय टी-२० सिरिजअन्तर्गत आज नेपालले कीर्तिपुरको टियू क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध फाइनल खेल खेल्दैछ।

National life

जारी सिरिजमा अपराजित नेपालले फाइनल खेलमा पनि जित निकाले उपाधि जित्ने लक्ष्य राखेको छ। ‘फाइनल खेल सबै जनाको लागि महत्वपूर्ण नै हून्छ। अहिले पीएनजी पनि फर्ममा नै छ। उसले यहाँ राम्रो खेलेको छ,’ सन्दिपले भने, ‘ऊ केहि कुरामा चुकेको देखिए पनि राम्रो खेलिरहेको छ।’

उनले आफूले पनि सत प्रतिशत राम्रो प्रदर्शन गर्ने बताएका छन्। ‘हामी टिमको लागि खेल्नेछौं। हामीले सिरिजमा प्रयोगहरु गरिसकेका छौं। अब फाइनलमा प्रयोग हुँदैन। हामी खेलमा मात्र ध्यान दिनेछौं,’ सन्दिपले खेलअघि आयोजित पत्रकार सम्मेलनमा भनेका छन्।

त्यसो त उनी उपाधिका लागि उत्साही छन्। प्रिम्याच कन्फरेन्समा उपस्थित हुन्दा पनि सन्दिपका निकै उत्साही देखिएका छन्। यदी नेपालले यो सिरिजको उपाधि जिते त्यो सन्दिपको कप्तानीमा जितेको पहिलो उपाधि हुनेछ।

‘म कप्तान भए पनि नभए पनि टिमको सदस्य हो। जति खुसी अरुलाई लाग्छ मलाई पनि त्यति नै खुसी लाग्छ,’ सन्दिपले आफ्नो उत्साहबारे प्रष्ट पारे। उनले घरेलु मैदानमा धेरै समर्थकमाझ खेल्दा आफूलाई रमाइलो लाग्ने र प्रदर्शन पनि राम्रा हुने विश्वास गरेको बताएका छन्। 

Laxmi sunrise bank
kumari

उनको कप्तानी नेपाली टिमका सबैजसो खेलाडीले राम्रो प्रदर्शन गरिरहेका छन्। तर नेपाल ग्लोबल छनोटको सेमिफाइनलबाट बाहिरिएको थियो।

‘यो विकेट राम्रो र धेरै रनहरु बनिरहेका छन्। ब्याट्सम्यानलाई खेल्न सजिलो छ। बल ब्याटमा आइरहेको छ,’ मलेसियालाई हराएपछि सन्दिपले भनेका थिए। त्यसैले आजको खेल पनि ठूलो स्कोरको हुने विश्वास गर्न सकिन्छ।

यही पिचमा भएका खेलमा तीन पटक सतक प्रहार भइसकेका छन्। त्यसमा दुई पटक त दिपेन्द्र सिंह ऐरीले नै प्रहार गरे। त्यसैले आजको फाइनल खेलमा पनि राम्रो प्रदर्शन गर्दै जित निकाल्ने लक्ष्य रहेको कप्तान सन्दिप लामिछाने बताउँछन्।

नेपाली टिमले फास्टबलर सोमपाल कामीलाई पछिल्लो खेलमा मलेसियाविरुद्ध रेस्ट दिएको थियो।

यता पीएनजीका कप्तान आसाद भाला आजको खेलमा जित निकाल्दै उपाधि जित्ने बताएका छन्। ‘हामीले अन्तिम टी २० अक्टोबरमा खेलेका थियौँ। अनि अहिले टी २० को योजना र तयारी पनि थिएन। हामीले विश्व क्रिकेट लिगको लागि मात्र तयारी गरिरहेका थियौँ। तर यहाँ अवसर पाएकोमा नेपाली क्रिकेट टिमलाई धन्यवाद भन्न चहान्छु,’ कप्तान आशाद चालाले भने।

पीएनजी आफ्नो उत्कृष्ट प्रदर्शन गर्न तयार रहेको प्रशिक्षक काल्र्सले बताएका छन्। ‘हामीले ब्याटको लागि फेबर पीच पाएका छौं। मैदानभित्र हामीले खेल्ने हो बाहिरको कुराले असर गर्दैन भन्ने लाग्छ। तर समर्थक हुन क्रिकेटका लागि फाइदाको कुरा हो,’ काल्र्सले भने।

प्रकाशित: Apr 04, 2022| 08:20 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।