आइतबार, मंसिर ७, २०८२

न्युकासललाई हराउँदै टोटेनहम ईपीएलको चौथो स्थानमा

आइतबार राति सम्पन्न भएको खेलमा न्युकासलविरुद्ध ५-१ को जित निकाल्दै टोटेनहम चौथो स्थानमा उक्लिएको हो।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

काठमाडौं- टोटेनहम हट्स्पर इंग्लिस प्रिमियर लिग (ईपीएल) को चौथो स्थानमा उक्लिएको छ। आइतबार राति सम्पन्न भएको खेलमा न्युकासलविरुद्ध ५-१ को जित निकाल्दै टोटेनहम चौथो स्थानमा उक्लिएको हो।

National life

टोटेनहमको जितका लागि बेन डेभिस, मट डोथेर्टी, सन ह्युङ मिन, इमर्सन रोयल र स्टेभेन बेर्गविनले समान १-१ गोल गरेका थिए। तर टोटेनहमको घरेलु मैदानमा खेलको ३९औं मिनेटमा न्युकासलका फाबियन सचरले गोल गर्दै पाहुना टिमलाई सुरुआति अग्रता दिलाएका थिए।

खेलको ४३औं मिनेटमा बेनले गोल गर्दै पहिलो हाफमै खेललाई बराबरीमा ल्याएका थिए। दोस्रो हाफमा टोटेनहमले लगातार चार गोल गर्दै ठूलो जित निकालेको हो।

यो जितसँगै टोटेनहमले ३० खेलबाट ५४ अंक बनाएको छ। यद्यपी टोटेनहम शीर्षस्थानको म्यानचेस्टर सिटीभन्दा १९ अंकले पछि छ। त्यस्तै, पराजित न्युकासल भने ३१ अंकका साथ १५औं स्थानमा छ।

ईपीएलमा आज राति क्रिस्टल प्यालेसले आर्सनलको सामना गर्दैछ। तालिकाको चौथो स्थानमा अहिले निकै पेचिलो प्रतिस्पर्धा रहेको छ। जहाँ पाँचौ स्थानको आर्सनलेको ५४ पनि ५४ अंक छ भने छैटौं स्थानको वेस्ट ह्यामको ५१ अंक रहेको छ। समान ५१ अंक बनाएको म्यानचेस्टर युनाइटेड भने सातौं स्थानमा छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 04, 2022| 08:30 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।