शनिबार, असार २८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • सेभियविरुद्ध गोल गर्दै पेड्रीले पुर्‍याए बार्सिलोनालाई लिगको दोस्रो स्थानमा

सेभियविरुद्ध गोल गर्दै पेड्रीले पुर्‍याए बार्सिलोनालाई लिगको दोस्रो स्थानमा

बार्सिलोनाको क्याम्प नोउ रंगशालामा सम्पन्न खेलमा उसले पाहुना टिम सेभियामाथि १-० को जित निकालेको हो।
 |  सोमबार, चैत २१, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

vianetvianet

काठमाडौं- स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा आइतबार राति बार्सिलोनाले जित निकालेको छ। बार्सिलोनाको क्याम्प नोउ रंगशालामा सम्पन्न खेलमा उसले पाहुना टिम सेभियामाथि १-० को जित निकालेको हो।

डेम्बेलेले दिएको पासमा गोल गर्दै पेड्रीले खेलको ७२ औं मिनेटमा बार्सिलोनाको जितका लागि निर्णायक गोल गरेका थिए।

खेल अभिधर ५५ प्रतिशत समय बलमा नियन्त्रण बनाएको बार्सिलोनाले विपक्षीको पोस्टतर्फ १९ प्रहार गरे पनि एक बाहेक सबै प्रहार खेर गएका थिए।

यता सेभियाले पनि खेलका क्रममा केही राम्रा मुभहरु भने बनायो तर उसले गोल गर्न सकेनन्।

यो जितले बार्सिलोनालाई अहिलेसम्मकै सबैभन्दा उच्च स्थानमा पुर्याएको छ। दोस्रो स्थानको लागि निकै पेचिलो प्रतिस्पर्धा भएको खेलमा बार्सिलोनाले सो स्थान हात पारेको छ।

अहिले बार्सिलोना, एट्लेटिको मड्रिड र सेभिया क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन। उनीहरुको समान ५७-५७ अंक रहेको छ। तर बार्सिलोनाले २९ खेलमा सहभागिता जनाएको छ भने एट्लेटिको र सेभियाले ३० खेल खेलिसकेका छन्।

यो सिजनको सुरुमा खराब अवस्थाबाट गुज्रिएको बार्सिलोनाले अहिले भने कमब्याक गर्दै दोस्रो स्थानमा पुगेको हो। बार्सिलोनाले अहिले १४ खेलमा हार बेहोरेको छैन्। यता शीर्षस्थानको रियल मड्रिडको भने ६९ अंक छ।

प्रकाशित: Apr 04, 2022| 07:25 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।