बुधबार, फागुन २०, २०८२

आइपिएलमा चेन्नईलाई पन्जाब किंग्सले हरायो

आइतबार राति बाराबोर्नमा सम्पन्न खेलमा पञ्जाबले जित निकालेको हो।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई ५४ रनले हराएको छ। आइतबार राति बाराबोर्नमा सम्पन्न खेलमा पञ्जाबले जित निकालेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले पुरा ओभर खेल्दै आठ विकेट गुमाएर १८० रन बनाएको थियो। जवाफमा चेन्नई १८ ओभरमै १२६ रन बनाएर अलआउट भएपछि जित पञ्जाबको हातमा पुगेको हो।

पञ्जाबका लियम लिविनस्टोनले सर्बाधिक ६० रन बनाए भने शिखर धवनले ३३ रनको योगदान दिए। बलिङतर्फ चेन्नईका क्रिस जोर्डन र ड्वेन प्रेटोरियसले समान २-२ विकेट गिराए।

जवाफी ब्याटिङमा शिवम् दुवेले ५७ रन र महेन्द्र सिंह धोनीले २३ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायका प्रदर्शन गरेनन्। यता पञ्जाबका राहुल चहरले तीन तथा वैभव अरोरा र लियमले समान २-२ विकेट गिराए।

आईपीएल अंकतालिकामा अहिले राजस्थान रोयल्स, कोलकत्ता नाइट राइडर्स, गुजराट टाइटन्स र पञ्जाब किंग्सको  समान ४-४ अंक रहेको छ। जहाँ कोलकत्ता र पञ्जाबले समान तीनतीन खेल खेलेका छन्।

kumari

आईपीएलमा आज सनराइजर्स हैदराबादले लखनौँ सुपरजायन्टको सामना गर्दैछ। आईपीएलमा हैदराबादले अहिलेसम्म अंक जोड्न सकेको छैन भने लखनौंको दुई अंक छ।

प्रकाशित: Apr 04, 2022| 07:30 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।