आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • 'इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ आयोजना गरिने

'इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ आयोजना गरिने

लुम्बिनीमा पर्यटन प्रबर्द्धन र ओलम्पिकका माध्यमबाट विश्वभरी सन्देश प्रवाह गर्ने लक्ष्यसहित 'इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ कार्यक्रमको आयोजना हुने भएको छ ।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

काठमाडौं- लुम्बिनीमा पर्यटन प्रबर्द्धन र ओलम्पिकका माध्यमबाट विश्वभरी सन्देश प्रवाह गर्ने लक्ष्यसहित 'इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ कार्यक्रमको आयोजना हुने भएको छ । 

National life

नेपाल ओलम्पिक कमिटीले आइतबार पत्रकार सम्मेलन गर्दै चैत २३ गते बुधबार बुद्ध जन्मभूमि लुम्बिनीमा 'इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ कार्यक्रम गर्ने जानकारी गराएको हो। बुद्धको जन्मभूमि लुम्बिनीमा हुने एकदिने कार्यक्रममा वाकथलन, शान्तिका लागि दीप प्रज्वलन र प्रवचनको कार्यकम हुने ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए। 

अध्यक्ष श्रेष्ठले यो वर्ष 'इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ मा कार्यक्रमको सुरुआत गर्ने र आगामी वर्षबाट पिस म्याराथन लगायतका कार्यक्रमहरु आयोजना गरिने समेत अध्यक्ष श्रेष्ठले बताए। 

अघिल्लो वर्ष कोभिडको कारण यस कार्यक्रम गर्न नसकिएको र यस पटक सेट त्यसले प्रभावित गरेको भन्दै यो वर्ष सुरुआत गर्न लागेको बताएका हुन्। कार्यक्रम लुम्बिनी प्रदेश सरकार र लुम्बिनी विकास कोषको सहयोगमा हुनेछ। कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीले गर्नु हुने कार्यक्रम तय गरिएको छ।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा भिक्षु मैत्तेयले विश्व शान्तिबारे प्रवचन दिनु हुनेछ भने भिक्षुहरूले विश्वमा शान्तिका लागि प्रार्थना गर्ने र कार्यक्रमको अन्त्यमा दीप प्रज्वलन गर्ने कार्यक्रममा रहेको छ। 

Laxmi sunrise bank
kumari

सन् २०१३ मा संयुक्त राष्ट्रसंघले अप्रिल ६ को दिन 'इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ पारित गरेको थियो। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको प्रस्तावमा संयुक्त राष्ट्र संघले यो प्रस्ताव पारित गरेको थियो। त्यस अनुसार यो दिन विश्वमा विविध कार्यक्रम हुँदै आएको छ र नेपाल ओलम्पिक कमिटीले पनि सन् २०१४ देखि यो दिनको अवसर पारेर विविध कार्यक्रम गर्दै आएको छ।


प्रकाशित: Apr 03, 2022| 18:12 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।